काठमाडौँ । संसदमा जस्तै सडकमा स्टन्ट गर्दा रास्वपा सांसद गुप्तालाई ट्राफिक प्रहरीले जरिवाना गरिरहेको छ ।
Advertisement
गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको दृश्य भाइरल भएपछि रास्वपा सांसद बब्लु गुप्तालाई ट्राफिक प्रहरीले पाँच सय रुपैयाँ जरिबाना गरेको हो ।
सांसद गुप्ताले सामाजिक सञ्जालमार्फत आफ्नो कमजोरी महसुस गर्दै सार्वजनिक रूपमा क्षमायाचना गरेका छन् र उक्त कार्यका लागि ट्राफिक कार्यालयमा पुगेर जरिबाना तिरेका छन् ।
सार्वजनिक पदमा रहेका व्यक्तिले नै ट्राफिक नियम उल्लंघन गरेको भन्दै उनीमाथि सर्वसाधारणसरह कानुन लागू हुन्छ कि हुँदैन भन्ने प्रश्नसमेत उठेको थियो ।