• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

बर्डफ्लु देखिएको छैन, पशु सेवा विभाग


  •   बिहिबार, साउन ०७, २०८३ मा प्रकाशित
  • काठमाडौं । देशका विभिन्न भागमा फैलिएर पन्छीपालक किसानलाई गम्भीर असर पुर्‍याएको बर्डफ्लु संक्रमण दर नियन्त्रणमा आउन थालेको छ ।

    Advertisement

    पशु सेवा विभागका अनुसार १ साउनयता देशको कुनै पनि स्थानमा बर्डफ्लुको नयाँ संक्रमण देखिएको छैन । विभागका महानिर्देशक डा. उमेश दाहालले बर्डफ्लु अहिले पूर्णरूपमा नियन्त्रित अवस्थामा रहेको जानकारी दिए ।

    पछिल्लो पटक काठमाडौंको गोकर्णेश्वर–१ सुन्दरीजलमा संक्रमण पुष्टि भएको थियो । त्यसयता नयाँ संक्रमण नदेखिएको र थप जोखिम न्यूनीकरणका लागि विगतमा संक्रमण देखिएका क्षेत्रको वरिपरिबाट नमुना संकलन गरी प्रयोगशाला परीक्षणलाई तीव्रता दिइएको विभागले जनाएको छ ।

    पछिल्लो पटक ४ चैत २०८२ मा मोरङको उर्लाबारी–८ र सुन्दरहरैंचा–४ मा पुष्टि भएको यो संक्रमण देशभरिका ११ जिल्लामा फैलिएको थियो ।

    हाल काठमाडौं उपत्यका बाहिरका ७ वटै जिल्लामा रोग पूर्णरूपमा नियन्त्रण भइसकेको छ विभागको भनाइ छ । काठमाडौं उपत्यकाका तीन जिल्ला र काभ्रेमा गरी कुल १ सय १९ स्थानमा संक्रमण देखिएको थियो ।

    जसमा काठमाडौंमा ३२, ललितपुर (सदर चिडियाखानासहित) मा १५, भक्तपुरमा ४५ र काभ्रेपलाञ्चोकमा २७ वटा स्थानमा संक्रमण पुष्टि भएको थियो । बर्डफ्लु नियन्त्रणका लागि सरकारले देशभरिबाट ८ लाख ३५ हजार ५ सय ६३ वटा पन्छी नष्ट गरेको छ । विभागका वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायका अनुसार पन्छीका साथै ११ लाख ६५ हजार ६ सय ६३ वटा अन्डा र २ लाख ४५ हजार ३५ किलो दाना पनि सुरक्षित रूपमा नष्ट गरिएको छ

    काठमाडौं उपत्यका र काभ्रेमा मात्रै ३ लाख ६७ हजार ८३५ पन्छी नष्ट गरिएको थियो । कमर्सियल लेयर्स कुखुरा सबैभन्दा बढी प्रभावित भएको यस रोगले ब्रोइलर, स्थानीय कुखुरा, हाँस, टर्की र कालिजमा समेत क्षति पुर्‍याएको थियो ।

    रोग नियन्त्रणको प्रयासलाई सार्थक बनाउन सरकारले किसानको नष्ट गरिएका पन्छीको राहत वितरण गरेको छ । महानिर्देशक दाहालका अनुसार ५२ करोड रुपैयाँ व्यवस्थापन गरिएकोमा हालसम्म १०४ कृषक तथा फर्मलाई करिब ५० करोड ७१ लाख १५ हजार रुपैयाँ क्षतिपूर्ति दिइसकिएको छ ।

    सरकारको तदारुकता, प्रयोगशाला परीक्षणमा ल्याइएको तीव्रता र किसानको पूर्ण सहयोगकै कारण समयमै बर्डफ्लु नियन्त्रण गर्न सम्भव भएको वरिष्ठ पशु चिकित्सक उपाध्यायले बताए । उनका अनुसार अब रोगको थप संक्रमण हुने सम्भावना निकै कम छ ।

    बिहिबार, साउन ०७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई
    लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

    • २.
      लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

    • ३.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ४.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ५.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ६.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ७.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ८.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.