• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

परराष्ट्र मन्त्रालयले जारी गरेको १६ बुँदे प्रेस नोट जस्ताको तस्तै


  •   बिहिबार, असार ०४, २०८३ मा प्रकाशित
  • १. सेन्ट्रल कमिटी अफ द कम्युनिस्ट पार्टी अफ चाइनाको पोलिटिकल ब्युरोका सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेश मन्त्री महामहिम श्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा २०८३ जेठ ३१ देखि असार ३ गते (तद्नुसार सन् २०२६ जुन १४ देखि १७) सम्म चीनको ४ दिने औपचारिक भ्रमण सम्पन्न गरी आज (बुधबार) स्वदेश फर्केको छु।

    Advertisement

    २. भ्रमणको अवधिमा मिति १५ जुन २०२६ का दिन जनवादी गणतन्त्र चीनका विदेश मन्त्री महामहिम श्री वाङ यीसँग बेइजिङमा मेरो द्विपक्षीय भेटवार्ता भयो। सो अवसरमा दुवै देशका प्रतिनिधिमण्डलबिच नेपाल-चीन द्विपक्षीय सम्बन्धका सबै पक्षहरूमा गहन एवम् उपलब्धिमूलक छलफल भयो। आपसी मित्रता, सद्‌भावना र सहयोगमा आधारित नेपाल-चीन सम्बन्धलाई थप सुदृढ तुल्याउने विषयमा दुवै पक्षबिच मतैक्य रह्यो। हाम्रो तर्फबाट एक चीन सिद्धान्तप्रति रहिआएको नेपाल सरकारको प्रतिबद्धता दोहोर्‍याउँदै नेपालको भूमिलाई चीनको हित विरुद्ध प्रयोग हुन नदिइने स्पष्ट पारिएको छ। चिनियाँ पक्षबाट नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति रहिआएको चीन सरकारको दृढ समर्थन दोहोर्‍याउँदै सुशासन तथा आर्थिक विकासका क्षेत्रमा नेपाल सरकारले निर्दिष्ट गरेका प्राथमिकता उपर पूर्ण समर्थन रहने विश्वास व्यक्त गरिएको छ।

    साथै पारस्परिक सम्मान तथा एकअर्काका प्राथमिकता एवम् संवेदनशीलताप्रति रहिआएको प्रतिबद्धता दोहोर्‍याउँदै दुई पक्षबिच पूर्वाधार, कनेक्टिभिटी, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि तथा डिजिटलाइजेसन, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण र जनस्तरको सम्बन्धलगायत विविध क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा छलफल भएको छ।

    यसैगरी विगतमा सहमति भएका द्विपक्षीय कार्यक्रम तथा परियोजनाहरूको शीघ्र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै बहुपक्षीय एव‌म् क्षेत्रीय मञ्चहरूमा साझा हितका विषयमा सहकार्य अघि बढाउने कुरामा जोड दिइएको छ।

    भेटवार्तापश्चात् महामहिम श्री वाङ यीले आयोजना गर्नुभएको रात्रीभोजमा म सहभागी भएँ।

    ३. यसअघि सोही दिन मिनिस्टर अफ इन्टरन्यासनल डिपार्टमेन्ट अफ द सेन्ट्रल कमिटी अफ द कम्युनिस्ट पार्टी अफ चाइना (आईडीसीपीसी) अफ द पिपुल्स रिपब्लिक अफ चाइना महामहिम श्री लिउ हाइसिङसँग मेरो भेटघाट भयो। सो अवसरमा नेपाल-चीन सम्बन्ध सुदृढीकरण एवम् द्विपक्षीय सहयोग विस्तार गर्ने बारेमा विचारको आदानप्रदान भयो। साथै दलहरूबिच सम्पर्क र सहकार्य विस्तार गर्ने सम्भावना समेतका विषयमा छलफल भयो।

    ४. त्यसैगरी चेयरम्यान अफ द न्यासनल कमिटी अफ द चाइनिज पिपुल्स पोलिटिकल कन्सलटेटिभ कन्फेरेन्स (सीपीपीसीसी) अफ द पिपुल्स रिपब्लिक अफ चाइना महामहिम श्री वाङ हुनिङसँग १६ जुन २०२६ का दिन मैले भेट गरेँ। सो अवसरमा नेपाल र चीनबिच रहेको सुमधुर, मैत्रीपूर्ण एवम् सहयोगात्मक सम्बन्ध आगामी दिनमा थप सुदृढ तुल्याउनुका साथै प्राथमिकताका क्षेत्रमा सहकार्य प्रवर्द्धन गर्ने बारेमा विचार विमर्श भयो।

    ५. सोही दिन साँझ नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले बेइजिङस्थित नेपाली राजदूतावासद्वारा आयोजना गरिएको इन्भेस्टमेन्ट कन्फेरेन्समा म सहभागी भएँ। चिनियाँ व्यवसायी, उद्यमी र लगानीकर्ताहरूसँग मेरो फलदायी भेटघाट भयो। सो अवसरमा इन्सभेस्ट इन नेपाल: अपरच्युनिटिज, इन्सेन्टिभ्स एन्ड पार्टनरसिप प्रोस्पेक्टस विषयमा नेपाल लगानी बोर्डका प्रतिनिधिबाट प्रस्तुतीकरण एवम् सहभागीहरूबिच विस्तृत अन्तरक्रिया सम्पन्न भयो। कार्यक्रमलाई सम्बोधन गर्दै मैले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी आपसी आर्थिक वृद्धिका साथै समृद्धिको नयाँ अध्याय निर्माण गर्न आह्वान गरेँ। नेपालमा विद्यमान आर्थिक सम्भावना र जनसांख्यिकीय सामर्थ्यबारे प्रकाश पार्दै लगानी तथा व्यवसायमैत्री वातावरण निर्माण गर्न नेपाल सरकार प्रतिबद्ध रहेको अवगत गराएँ।

    ६. भ्रमणको अवधिमा नेपाली राजदूतावास बेइजिङद्वारा आयोजित स्वागत समारोहमा सहभागी भई मैले चीनमा रहेका नेपाली समुदायका प्रतिनिधिहरूसँग समेत भेटघाट र अन्तरक्रिया गरेँ। उहाँहरूलाई सुशासन, आर्थिक विकास तथा समृद्धिलाई संस्थागत गर्ने नेपाल सरकारको प्राथमिकताका बारेमा अवगत गराउँदै राष्ट्र निर्माणको अभियानमा सक्रिय रूपमा सहभागी हुन आह्वान गरेँ।

    ७. त्यसैगरी दूतावासको कामका बारेमा जानकारी लिँदै त्यहाँका अधिकारीहरूलाई नेपाल-चीन सम्बन्धलाई अझ सुदृढ गर्दै प्रभावकारी रूपमा आर्थिक एवम् विकास कूटनीति संचालन गर्न र चीनमा रहेका नेपालीहरूको हितको रक्षा गरी प्रभावकारी सेवा प्रदान गर्न निर्देशन दिएको छु।

    ८. दूतावासमा आयोजित नेपाली, चिनियाँ तथा अन्तर्राष्ट्रिय मिडियासँगको छुट्टाछुट्टै भेटमा नेपालको परराष्ट्र नीति, नेपाल-चीन सम्बन्ध, नवगठित नेपाल सरकारका प्राथमिकता तथा अन्तर्राष्ट्रिय समुदायसँग नेपालको संलग्नताबारे विचार व्यक्त गरेको छु।

    ९. साथै मैले बेइजिङस्थित मियाओयिङ मन्दिरमा रहेको श्वेत स्तूप (डागोबा) को अवलोकन गरेँ। नेपालका राष्ट्रिय विभूति अरनिकोद्वारा डिजाइन गरिएको यो सांस्कृतिक धरोहर नेपाल र चीनबिच विद्यमान बहुआयामिक सांस्कृतिक र जनस्तरको सम्बन्धको प्रतीकका रूपमा रहेको छ। साथै नेपालको ऐतिहासिक सौम्य शक्ति, नेपाली शिल्पकर्मीहरूको अन्तर्राष्ट्रिय पहिचान तथा नेपाली वास्तुकलाको उदाहरणका रूपमा समेत रहिआएको छ।

    १०. त्यसैगरी, बेइजिङस्थित चाइनिज एकाडेमी अफ साइन्सेज (सीएएस) को इन्स्टिच्युट अफ टिबाटेन प्लाटउ रिसर्च भ्रमण गरी मैले उक्त संस्थाका गतिविधिहरू तथा त्रिभुवन विश्वविद्यालयसहित नेपाली अन्य संस्थाहरूसँग भइरहेको सहकार्यबारे जानकारी लिएँ। संस्थाका उच्च पदाधिकारीहरूसँगको अन्तरक्रियामा विज्ञान तथा प्रविधिको क्षेत्रमा नेपाल र चीनबिचको सहकार्यलाई अझ गहिरो र फलदायी बनाउनु पर्ने आवश्यकता रहेको विषयमा जोड दिएको छु।

    ११. साथै बेइजिङस्थित चीनको पहिलो हाइ-टेक तथा न्यासनल इन्नोभेसन डेमोन्सट्रेसन जोनका रूपमा रहेको जोङगुआनकुन साइन्स पार्कको अवलोकन गरी त्यहाँको क्रियाकलाप तथा प्राथमिकताका बारेमा जानकारी हासिल गरेँ।

    १२. जनवादी गणतन्त्र चीन भ्रमणमा त्यहाँका विदेश मन्त्री र उच्च पदाधिकारीहरूसँग भएको भेटघाट एवम् अन्य कार्यक्रमहरूमा भएको मेरो सहभागिताबाट मैत्रीपूर्ण र बहुआयामिक नेपाल-चीन सम्बन्धलाई थप सुदृढ तुल्याई आपसी हितका विषयमा निरन्तर सहयोग विस्तार तथा सुदृढीकरण गर्ने कार्यमा उल्लेखनीय योगदान पुगेको छ। यसका अलावा छिमेकी लगायत सबै मुलुकसँग स्वतन्त्र, व्यावहारिक एवम् सहयोगात्मक सम्बन्ध विस्तार गर्दै आर्थिक तथा विकास कूटनीति प्रबर्द्धन गर्ने नेपाल सरकारको उद्देश्य हासिल गर्ने दिशामा यस भ्रमणले महत्वपूर्ण सहयोग पुर्‍याएको मैले विश्वास लिएको छु।

    १३. मेरो भ्रमणदलमा परराष्ट्र मन्त्रालय तथा नेपाली राजदूतावास बेइजिङका पदाधिकारीहरू सहभागी हुनुहुन्थ्यो।

    १४. भ्रमणका क्रममा मेरो नेतृत्वको भ्रमणदललाई प्रदान गरिएको न्यानो आतिथ्यका लागि जनवादी गणतन्त्र चीन सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु।

    १५. भ्रमणका विषयमा निरन्तर समाचार सम्प्रेषण गर्नुभएकोमा सम्पूर्ण सञ्चारकर्मी मित्रहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।

    १६. यस भ्रमणलाई सफल तुल्याउन योगदान पुर्‍याउने सबैमा आभार व्यक्त गर्दछु।

    बिहिबार, असार ०४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.