• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

आदिवासी जनजातिसम्बन्धी संस्थाहरू खारेज गर्ने सरकारी निर्णयप्रति आयोगको आपत्ति


  •   मङ्गलबार, जेठ २६, २०८३ मा प्रकाशित
  • काठमाडौं, २५ जेठ । आदिवासी जनजाति आयोगले नेपाल सरकारले आदिवासी जनजातिसँग सम्बन्धित विभिन्न संस्थाहरू खारेज गर्ने निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आयोगका अध्यक्ष रामबहादुर थापा मगरद्वारा जारी प्रेस विज्ञप्तिमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिलगायतका संस्थाहरू खारेज गर्ने निर्णय पुनर्विचार गर्न सरकारसँग आग्रह गरिएको छ।

    Advertisement

    विज्ञप्तिमा नेपालका आदिवासी जनजाति समुदाय आफ्नै भाषा, धर्म, संस्कृति, प्रथाजन्य कानुन, परम्परागत ज्ञान र सीपका धनी भए पनि आधुनिक राज्य व्यवस्थाको स्थापनापछि नीति निर्माण तथा कार्यान्वयनका निकायबाट क्रमशः बहिष्कृत हुँदै आएको उल्लेख गरिएको छ। समुदायको पहिचान, पहुँच र प्रतिनिधित्व सुनिश्चित गर्न लामो संघर्षपछि तत्कालीन सरकारले आदिवासी जनजाति विकास समिति स्थापना गरेको र पछि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ मार्फत आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान गठन गरिएको आयोगले जनाएको छ।

    आयोगका अनुसार प्रतिष्ठानमा राज्यको कार्यकारी नेतृत्वसँगै आदिवासी जनजाति संघ–संस्थाहरूको समावेशी प्रतिनिधित्व सुनिश्चित गरिएको थियो। यसले आदिवासी जनजाति समुदायलाई राज्यका निकायमा आफ्नो प्रतिनिधित्व र सरकारको प्रत्यक्ष अभिभावकत्व महसुस गराएको उल्लेख गरिएको छ।

    विज्ञप्तिमा अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) महासन्धि नं. १६९ को धारा ३३ अनुसार आदिवासी जनजातिको विकासका लागि उपयुक्त संस्था तथा संरचना निर्माण गरी कार्यान्वयन गर्नुपर्ने दायित्व राष्ट्रको हुने स्मरण गराइएको छ। छिमेकी देशहरू चीनमा जातीय मामिला आयोग र भारतमा आदिवासी आयोग तथा आदिवासी मामिला मन्त्रालय स्थापना गरी कार्यान्वयन भइरहेको सन्दर्भमा नेपालमा प्रतिष्ठानलाई थप सशक्त र स्रोत–साधन सम्पन्न बनाउनुपर्नेमा खारेज गर्ने निर्णय उपयुक्त नदेखिएको आयोगको भनाइ छ।

    आयोगले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलाई अन्य विकासमुखी संस्थाजस्तै भौतिक पूर्वाधार निर्माणका लागि मात्र नभई देशको करिब ३५ प्रतिशत आदिवासी जनजाति समुदायको ज्ञान, सीप, संस्कृति तथा राज्यप्रतिको भावनात्मक सम्बन्ध सुदृढ गर्ने महत्वपूर्ण निकायका रूपमा व्याख्या गरेको छ। प्रतिष्ठान खारेज गरिए यसले समुदायमा राज्यप्रति वितृष्णा बढाउन सक्ने र राज्य तथा समुदायबीच दूरी सिर्जना हुने जोखिम रहेको आयोगले औँल्याएको छ।

    यसैबीच, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघले आइतबार काठमाडौंको माइतीघर मण्डलामा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान खारेज गर्ने सरकारी निर्णयविरुद्ध सांकेतिक धर्ना कार्यक्रम आयोजना गरेको छ। विरोधसभामा सहभागीहरूले उक्त निर्णय फिर्ता लिन सरकारसँग माग गरेका थिए।

    उता, आदिवासी जनजाति आयोगले पनि समसामयिक विषयमा छलफल गर्न आइतबार बिहान आफ्नो कार्यालयमा विभिन्न जातीय संस्थाका प्रतिनिधिहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको जनाएको छ। कार्यक्रममा संस्थाहरूको खारेजी, आदिवासी जनजातिको अधिकार तथा राज्यका नीतिगत व्यवस्थाका विषयमा छलफल भएको बताइएको छ।

    मङ्गलबार, जेठ २६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई
    लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

    • २.
      लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

    • ३.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ४.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ५.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ६.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ७.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ८.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.