• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट

तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

भूमिकास्थान पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषित


  •   शुक्रबार, जेठ २२, २०८३ मा प्रकाशित
  • टेकराज भुसाल, सन्धिखर्क ।

    Advertisement

    अर्घाखाँचीको भूमिकास्थान नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरिएको छ ।

    नगरपालिकाका दशओटै वडामा रहेका बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमअनुसार खोप दिएसँगै नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

    नगरका अनुसार पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा निर्देशिकाबमोजिम आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरिएको छ । नगरपालिकाका दशओटै वडामा घरदैलो सर्वेक्षणमार्फत १५ देखि ५९ महिनाका तीन सय ७२ जना बालबालिकालाई खोप लगाउने कार्य सम्पन्न भएसँगै पालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरियो ।

    राष्ट्रिय खोप कार्यक्रमअनुसार १५ महिनाभित्र पूरा गर्नुपर्ने सबै खोप पूरा गरेसँगै पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको जनस्वास्थ्य अधिकृत तथा स्वास्थ्य शाखा प्रमुख सुरेशप्रसाद गैरेले जानकारी दिनुभयो ।

    जिल्ला खोप समन्वय समितिका प्रमुख एवम् जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइराला र जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका सदस्य सचिव कृष्णप्रसाद पोख्रेलले भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापा, उपप्रमुख बालाकृष्ण बन्जाडे तथा स्वास्थ्य शाखा प्रमुख सुरेशप्रसाद गैरेलाई पूर्णखोप प्रमाणीकरण पत्र प्रदान गर्नुभयो ।

    कार्यक्रममा समन्वय समिति अर्घाखाँचीका प्रमुख कोइरालाले स्वस्थ, समृद्ध र सशक्त राष्ट्रनिर्माणका लागि खोपको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो ।

    उहाँले बालबालिकालाई समयमै खोप लगाउने कार्यमा अभिभावक, स्वास्थ्यकर्मी तथा सरोकारवाला निकायको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो ।

    नगरप्रमुख थापाले नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सफल हुनु समग्र नगरवासीको साझा उपलब्धि भएको बताउनुभयो ।

    उहाँले आगामी दिनमा पनि खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै स्वास्थ्य सेवा सुधार र नागरिकको स्वास्थ्य सुरक्षालाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

    कार्यक्रममा नगर उपप्रमुख बन्जाडे, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पोख्रेल, भूमिकास्थान–१० का वडाध्यक्ष खगेश्वर पन्थी, पत्रकार गोपालप्रसाद भट्टराई तथा धनचौर स्वास्थ्यचौकी प्रमुख शिवप्रकाश जिसीले मन्तव्य राख्दै पूर्णखोप अभियान बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो ।

    कार्यक्रममा दशओटै वडाका वडाध्यक्ष तथा स्वास्थ्य संस्था प्रमुखलाई प्रमाणपत्र प्रदान गरिएको थियो, साथै पूर्णखोप अभियानलाई सफल बनाउन योगदान पुर्‍याउने १० जना खोप कार्यकर्तालाई सम्मान गरिएको थियो ।

    शुक्रबार, जेठ २२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट
    तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई
    लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    लागुपदार्थसहित दम्पती पक्राउ

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट

    • २.
      तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

    • ३.
      लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

    • ४.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ५.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ६.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ७.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ८.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.