• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

जेठ १७ इतिहासकै कालो दिन

"युगदर्शन साप्ताहिक, वर्ष १७ अङ्क ३७, २०८३ जेठ २०, बुधबार प्रकाशित "

  •   बुधबार, जेठ २०, २०८३ मा प्रकाशित
  • २०८३ जेठ १७ गते आइतबार । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी । प्रतिनिधिसभामा उक्त पार्टीको दुईतिहाइ पुग्न दुई सिट मात्रै कम । त्यो सत्तारूढ दलको प्रधानमन्त्री बालेन्द्र शाह वा बालेन । २०७९ सालको निर्वाचनमा काठमाडौँ महानगरपालिकामा अत्यधिक बहुमतबाट निर्वाचित मेयर । २०८२ फागुन २१ गतेको निर्वाचनमा पनि झापाबाट अत्यधिक मतका साथ विजयी । २०८२ चैतमा सङ्घीय संसद्को अधिवेशन बोलाइन्छ । मन्त्रिपरिषद् गठन हुन्छ र अधिवेशन समाप्त हुन्छ । प्रधानमन्त्रीले शपथबाहेकका शब्द बोल्दैनन् । २०८३ वैशाखमा पुनः संसद्को बजेट अधिवेशन आह्‌वान गरिन्छ । त्यसभन्दा अघि सरकारले आठओटा अध्यादेश जारी गर्छ । त्यसबारे प्रतिपक्षीले प्रधानमन्त्रीको जबाफ माग्छन् । त्यसबाहेक प्रत्येक महिना प्रधानमन्त्रीले सांसदका प्रश्नको उत्तर दिने प्रावधान नियमावलीमा छँदैछ । सुरुमा अटेरी हुन्छ । जेठ १७ गते प्रधानमन्त्री छापामार शैलीमा प्रतिनिधिसभामा प्रवेश गर्छन् । पूर्वतयारी नभएकाले सात जना सांसदले मात्रै प्रधानमन्त्रीसित प्रश्न सोध्छन् । त्यसमध्ये श्रमसंस्कृति पार्टीका सांसद आरेन राईले लिपुलेक, कालापानी, लिम्पियाधुरामा भारतीय अतिक्रमणबारे प्रश्न राख्छन् । त्यसको जबाफमा प्रधानमन्त्री भन्छन्‌– “तपाईंहरुलाई एउटा कुरा अचम्म लाग्छ होला । मैले पनि प्रधानमन्त्री भएपछि थाहा पाएँ । भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ । यो कुरा अस्ति भर्खर थाहा भयो ।”

    Advertisement

    प्रधानमन्त्रीको यो भनाइ आफैमा नेपाललाई चकित पार्ने खालको थियो । यतिखेर देशभक्त नेपालीले प्रधानमन्त्रीको यो अभिव्यक्तिलाई राष्ट्रविरोधी बताइरहेका छन् । यस्तो दाबीको पछाडि आधार छ । आधुनिक नेपालको गठनदेखि अहिलेसम्म देशको कुनै पनि राष्ट्रप्रमुखले नेपालले भारतको जमिन मिचेको अभिव्यक्ति दिएको थिएन । त्यति मात्रै होइन, स्वयम् भारतले पनि आफ्‌नो जमिन नेपालले मिचेको भनेर अभिव्यक्ति दिएको छैन बरु उसले नेपालको भूमिलाई एकतर्फी रूपमा आफ्‌नो भनेर दाबी गर्दै आएको छ । उदाहरणका लागि लिपुलेकदेखि लिम्पियाधुरासम्मको भूभाग, जसभित्र कालापानी पनि आउँछ र त्यसको क्षेत्रफल करिब भक्तपुर जिल्लाबराबर छ, मा भारतको सैन्यबल तैनाथ छ । सन् १९६२ मा भारत–चीन युद्ध हुँदाको समयदेखि बसेको भारतीय सेना अझै पनि त्यहीँ बसिरहेको छ । त्यही क्षेत्रबाट भारतले मोटरबाटोसमेत निर्माण गरिसकेको छ । त्यही बाटो भएर भारतले चीनको कैलास मानसरोवर जाने वा त्यस क्षेत्र हुँदै भारत र चीनको माझमा व्यापार हुनेसमेत घोषणा भइसकेको छ । यस्तो अवस्थामा प्रधानमन्त्री शाहले उल्टै नेपालले भारतको सीमा मिचेको जुन अभिव्यक्ति दिएका छन्, त्यो घोर आपत्तिजनक छ । यस अर्थमा नेपालको भौगोलिक अखण्डता रक्षाको सन्दर्भमा जेठ १७ गते कालो दिन हो । यसको जति भत्र्सना गरे पनि कम हुन्छ ।

    उदाहरण कालापानीको मात्रै होइन, भारतले पश्चिम कञ्चनपुर, नवलपरासी बर्दघाट सुस्ता पश्चिम, पूर्वका मेचीलगायत धेरै ठाउँमा सीमा मिचेको छ । त्यसमध्ये सबैभन्दा गम्भीर अवस्था कालापानीको हो, जहाँ भारतले आफ्‌नो सेना नै राखेको छ । केही समयअघि भारतले आफ्‌नो संसद् भवनमा सांस्कृतिक नक्सा भन्दै नेपालको लुम्बिनीसमेत भारतमा देखाएको थियो । दुःखका साथ भन्नुपर्दछ, काठमाडौँको मेयर हुँदा आफ्‌नो कार्यकक्षमा “ग्रेटर नेपाल” को नक्सा राख्ने उनै बालेन जब प्रधानमन्त्री बन्न पुगे, नेपालले नै भारतको सीमा मिचेको अभिव्यक्ति दिन पुगे । प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिको सन्दर्भमा संसद्भित्र र बाहिर तीनओटा विकल्प अगाडि आएका छन् : प्रथम– नेपालले भारतको कहाँ कहाँ सीमा मिचेको छ ? त्यसको प्रमाण दिन सक्नुपर्दछ; द्वितीय– प्रमाण दिन नसके संसद्मै उपस्थिति दिएर क्षमायाचना वा स्पष्टीकरण दिनुपर्दछ र तृतीय– नैतिकताको आधारमा राजीनामा दिनुपर्दछ । आशा गरौँ, नेपालको भौगोलिक अखण्डतासम्बन्धी यस्तो आपत्तिजनक सवालमा प्रधानमन्त्री गम्भीर हुनेछन् ।

    युगदर्शन साप्ताहिक, वर्ष १७ अङ्क ३७, २०८३ जेठ २०, बुधबार प्रकाशित

    बुधबार, जेठ २०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.