• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

अधिकांश मानिस निद्रामै: स्याङ्तान भने च्याउ टिप्न व्यस्त

बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै

मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन

अर्घाखाँचीको धनचौरमा प्रथम टी–१२ क्रिकेट प्रतियोगिता सुरु (फोटासहित)

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

बंगलादेशमा विद्यार्थी विद्रोहको जगमा गठन भएको एनसीपीको लज्जास्पद हार


  •   शुक्रबार, फागुन ०१, २०८२ मा प्रकाशित
  • काठमाडौँ । बंगलादेशमा विद्यार्थी विद्रोहको जगमा गठन भएको नेशनल सिटिजन पार्टी (एनसीपी) ले निर्वाचनमा लज्जास्पद हार भएकोछ । निर्वाचनमा अपेक्षाअनुरूप नतिजा नआएपछि एनसीपीले मतगणनामा अनियमितता भएको आरोप लगाउँदै पुनः मतगणनाको माग गरेको बीबीसीमा समाचार छ ।

    Advertisement

    एनसीपीले आफूलाई भ्रष्टाचार र तानाशाहीविरूद्धको नयाँ विकल्प बताउने गरेको छ । यो पार्टी युवाका लागि रोजगार, हिंसापीडितको न्याय र संस्थागत सुधारजस्ता मुद्दाहरू उठाउँदै आएको छ ।

    सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनबाट शेख हसिना सत्याच्युत भएकी थिइन् । त्यसपछि एनसीपी गठन भएको थियो । आन्दोलनका क्रममा देखिएका चर्चित अनुहारमध्ये नाहिद इस्लामले एनसीपीको नेतृत्व गरिरहेका छन् ।

    बंगलादेशमा भ्रष्टाचार र सुशासनको मागसहित जुलाई २०२४ मा विद्यार्थी आन्दोलन सुरू भएको थियो । सरकारी जागिरका लागि व्यवस्था गरिएको आरक्षणविरूद्ध उनीहरूले सुरूवाती दिनमा प्रदर्शन गरेका थिए ।

    विद्यार्थी आन्दोलन विस्तारै भ्रष्टाचार र सरकारी दमनविरूद्ध विद्रोहमा परिणत भएको थियो । तत्कालीन शेख हसिना नेतृत्वको सरकार आन्दोलनकारी विरूद्ध आक्रामक बन्दै सेनालाई सडकमा उतारेको थियो । सो आन्दोलनको क्रममा झण्डै १४ सय मानिसहरू मारिएका संयुक्त राष्ट्रसंघले जनाएको छ । रिपोर्टको अनुस।रा मारिनेमा अधिकांश क्याम्पसमा अध्ययनरत विद्यार्थी र युवा थिए ।

    आन्दोलन चर्किदै गएपछि हसिना देश छाडेर भारत भागेकी थिइन् । उनी देश छाडेर भागेपछि बंगलादेशमा नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो । सोही सरकारले विहीबार निर्वाचन गराएको हो । शेख हसिनाको पार्टीमाथि प्रतिबन्ध लागेकाले निर्वाचनमा सहभागी हुन पाएको थिएन ।

    पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोराले नेतृत्व गरेको बीएनपी पार्टीले भने सबैभन्दा धेरै सिट जितेर बहुमत हासिल गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । सो पार्टीका अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने छन् । बीएनपी करिब दुई दशकसम्म सत्ता बाहिर थियो ।

    बंगलादेशको आमनिर्वाचनमा बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) ले स्पष्ट बहुमत हासिल गरेको छ । बीएनपीले २९९ सिटमा भएको निर्वाचनमा २०९ सिट जितेको छ । ३ सय सिटमा प्रत्यक्ष निर्वाचन हुने बंगलादेशमा बहुमतका लागि १५० सिट ल्याउनुपर्छ । यो समाचार तयार पार्दासम्म २८६ सिटको मतपरिणाम घोषणा गरिएको छ ।

    जमात–ए–इस्लामी नेतृत्वको ११ दलीय गठबन्धनले जम्मा ७० सिट जितेको छ । जमातका प्रमुख शफिकुर रहमानले ढाका–१५ बाट जित हासिल गरेका छन् । देशमा करिब २० वर्षपछि पहिलोपटक बीएनपीको नेतृत्वमा सरकार बन्ने भएको छ । सन् २००१ को निर्वाचनमा जित हासिल गरेर खालिदा जियाले २००६ सम्म सरकार चलाएयता बंगलादेशमा बीएनपीले चुनाव जितेको थिएन ।

    बंगलादेशमा २००८ देखि २०२४ सम्म लगातार अवामी लिगको सरकार चलेको थियो र शेख हसिना सत्तामा रहिन् । तर, हसिनाको पार्टीलाई प्रतिबन्ध लगाएर भएको निर्वाचनमा बीएनपी विजयी भएको हो । यो जितपछि खालिदाका छोरा तारिक रहमान बंगलादेशको प्रधानमन्त्री बन्नेछन् । यो निर्वाचनले ३५ वर्षपछि पुरुष प्रधानमन्त्री दिने निश्चित भए पनि सत्ता परिवारभन्दा बाहिर भने जाने छैन । बंगलादेशमा साढे ३ दशकभन्दा लामो समयदेखि खालिदा र हसिनाले मात्रै शासन गर्दै आएका थिए ।

    बंगलादेशमा विद्यार्थी विद्रोहको जगमा गठन भएको नेशनल सिटिजन पार्टी (एनसीपी) ले निर्वाचनमा लज्जास्पद हारभएसँगै उक्त पार्टीले मतगणनामा अनियमितता भएको आरोप लगाउँदै पुनः मतगणनाको माग गरेको छ । नेपालको सन्दर्भमा पनि नयाँ भनिएका राजनीतिक पार्टीहरूले आफू अनुकुल परिणाम नआएको अवस्थामा सोही प्रकारका समस्या उत्पन्न गरेर निर्वाचनको परिणामलाई विथोल्ने त होइनन् ? शंका गर्ने ठाउँछ ।

    शुक्रबार, फागुन ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम
    कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने
    अधिकांश मानिस निद्रामै: स्याङ्तान भने च्याउ टिप्न व्यस्त
    बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड
    हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन
    सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

    • २.
      कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

    • ३.
      अधिकांश मानिस निद्रामै: स्याङ्तान भने च्याउ टिप्न व्यस्त

    • ४.
      बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

    • ५.
      हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

    • ६.
      सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

    • ७.
      नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै

    • ८.
      मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.