• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द


  •   शुक्रबार, माघ ०२, २०८२ मा प्रकाशित
  • वेलिङ्टन । न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै शुक्रबार तेहरानस्थित आफ्नो दूतावास अस्थायी रूपमा बन्द गरेको छ । साथै, त्यहाँ कार्यरत आफ्ना कूटनीतिक कर्मचारीहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको जानकारी दिएको छ ।

    Advertisement

    विदेश मन्त्रालयका प्रवक्ताका अनुसार कूटनीतिक कर्मचारीहरू रातारात व्यावसायिक उडानमार्फत सुरक्षित रूपमा इरानबाट बाहिरिएका हुन् । इरानमा सुरक्षा अवस्था निरन्तर बिग्रँदै गएकाले तेहरानस्थित दूतावासको सञ्चालन हालका लागि टर्कीको अङ्कारामा सारिएको मन्त्रालयले जनाएको छ ।

    प्रवक्ताले भन्नुभयो, “हामी इरानतर्फ हुने सबै प्रकारका यात्राविरुद्ध सल्लाह दिन निरन्तर जारी राखिरहेका छौँ । हाल इरानमा रहनुभएका कुनै पनि न्युजिल्यान्डवासी नागरिकहरूलाई यथाशीघ्र देश छोड्न आग्रह गर्दछौँ ।” उहाँका अनुसार हालको परिस्थितिमा विदेश मन्त्रालयसँग इरानमा रहेका न्युजिल्यान्डवासीहरूलाई कन्सुलर सहयोग उपलब्ध गराउने क्षमता अत्यन्त सीमित मात्र रहेको छ ।

    विदेश मन्त्रालयले इरानमा गम्भीर सञ्चार चुनौतीहरू देखिएको पनि जनाएको छ । ती चुनौतीका कारण त्यहाँ रहेका मानिसहरूलाई आफ्ना परिवार र साथीहरूसँग सम्पर्क गर्न निकै कठिन भइरहेको प्रवक्ताले बताउनुभयो । मन्त्रालयले इरानमा रहेका न्युजिल्यान्डवासीहरूलाई सकेसम्म आफ्ना आफन्त तथा नजिकका व्यक्तिसँग सम्पर्कमा रहन सल्लाह दिएको छ ।

    यसैबीच, न्युजिल्यान्डका विदेशमन्त्री विन्स्टन पिटर्सले बिहीबार इरानको राजधानी तेहरानमा भएको विशाल सरकारविरोधी प्रदर्शनप्रति सुरक्षाबलले दिएको हिंसात्मक प्रतिक्रियाबाट आफ्नो देश ‘गहिरो रूपमा स्तब्ध’ भएको प्रतिक्रिया व्यक्त गर्नुभएको छ ।

    उहाँले जारी गर्नुभएको विज्ञप्तिमा भन्नुभयो, “प्रदर्शनकारीहरूको हत्यासहित इरानका सुरक्षा बलहरूले गरिरहेको क्रुर दमनको हामी कडा शब्दमा निन्दा गर्दछौँ ।” मन्त्री पिटर्सले इरानी जनतालाई शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्ने, अभिव्यक्ति स्वतन्त्रता उपयोग गर्ने र सूचनामा पहुँच प्राप्त गर्ने मौलिक अधिकार रहेको उल्लेख गर्दै ती अधिकारहरू हाल निर्ममतापूर्वक दमन भइरहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “न्युजिल्यान्ड सरकार इरानमा विकसित भइरहेको अवस्थाप्रति अत्यन्त गम्भीर चिन्तित छ ।” सो चिन्ता वेलिङ्टनस्थित इरानी दूतावासमार्फत प्रत्यक्ष रूपमा व्यक्त गरिएको र आगामी दिनहरूमा पनि कूटनीतिक माध्यमबाट आफ्ना धारणा स्पष्ट रूपमा राखिरहने उहाँले जानकारी दिनुभयो ।

    शुक्रबार, माघ ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.