• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

ग्रिनल्यान्डबारे अमेरिकी आक्रमणको जोखिम जर्मनीले न्यून ठान्यो


  •   मङ्गलबार, पुष २९, २०८२ मा प्रकाशित
  • वासिङ्टन । जर्मनीका शीर्ष कूटनीतिज्ञले सोमबार डेनमार्कको स्वायत्त क्षेत्र ग्रिनल्यान्ड कब्जा गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बारम्बारको धम्कीका बाबजुद त्यहाँ अमेरिकी आक्रमणको सम्भावनालाई न्यून आकलन गरेका छन् ।

    Advertisement

    राष्ट्रपति ट्रम्पले वर्षौंदेखि आर्कटिक क्षेत्रमा अवस्थित ग्रिनल्यान्डलाई खरिद गर्ने वा अमेरिकामा विलय गर्ने विचार सार्वजनिक रूपमा व्यक्त गर्दै आउनुभएको छ । यसै साता उहाँले संयुक्त राज्य अमेरिकाले ‘कुनै न कुनै तरिकाले’ यो क्षेत्र आफ्नो नियन्त्रणमा लिने भन्दै अभिव्यक्ति दिएपछि कूटनीतिक तनाव थप चुलिएको छ ।

    ट्रम्पले एकपक्षीय सैन्य कदम चाल्न सक्ने सम्भावनाबारे सोधिएको प्रश्नमा जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलले आफूसँग ‘यसलाई गम्भीरताका साथ लिइरहेको कुनै सङ्केत नभएको’ स्पष्ट पार्नुभयो । अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँगको भेटपछि पत्रकारहरूसँग कुरा गर्दै उहाँले आर्कटिक क्षेत्रमा उत्पन्न हुने सुरक्षा चुनौतीहरू सबैको साझा चासोको विषय भएको बताउनुभयो ।

    “म विश्वास गर्दछु कि आर्कटिक क्षेत्रमा देखिने सुरक्षा सम्बन्धी विषयहरू समाधान गर्न साझा चासो छ र हामीले त्यस दिशामा काम गर्नुपर्छ र गर्नेछौँ”, मन्त्री वाडेफुलले भन्नुभयो । उहाँका अनुसार नेटो यस विषयमा थप ठोस योजनाहरू विकास गर्ने प्रक्रियामा छ, जसबारे अमेरिकी साझेदारहरूसँग छलफल गरिनेछ ।

    यो अभिव्यक्ति यसै हप्ता वासिङ्टनमा अमेरिकी विदेशमन्त्री रुबियो, डेनमार्क र ग्रिनल्यान्डका शीर्ष कूटनीतिज्ञहरूबीच हुने वार्ताअघि आएको हो । यसैबीच, ग्रिनल्यान्डको सरकारले सोमबार पुनः स्पष्ट गर्दै ‘कुनै पनि परिस्थितिमा’ अमेरिकी अधिग्रहण स्वीकार नहुने जनाएको छ ।

    अमेरिकी काङ्ग्रेसका सदस्यहरूले पनि सोमबार जारी गरेको विज्ञप्तिमा स्विट्जरल्यान्डको डाभोसमा आयोजना हुने विश्व आर्थिक मञ्चमा सहभागी हुने क्रममा एक प्रतिनिधिमण्डल शुक्रबार र शनिबार कोपेनहेगन जाने जानकारी दिएका छन् । डेमोक्रेटिक सिनेटर क्रिस कुन्सले विज्ञप्तिमा प्रतिनिधिमण्डलले व्यापारिक तथा सरकारी नेताहरूसँग भेट गरी ‘आर्कटिक सुरक्षालाई सुदृढ पार्ने र बलियो व्यापारिक सम्बन्ध प्रवर्द्धन गर्ने’ विषयमा छलफल गर्ने बताउनुभयो ।

    त्यसैगरी, रिपब्लिकन सिनेटर थोम टिलिसले काङ्ग्रेसले सहयोगी राष्ट्रहरूको समर्थन गर्नु र डेनमार्क तथा ग्रिनल्यान्डको सार्वभौमिकताको सम्मान गर्नुमा एकजुट हुनु अत्यन्त आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

    ग्रिनल्यान्ड र नाटोले सोमबार नै आर्कटिक क्षेत्रको रक्षा प्रणाली थप बलियो बनाउन संयुक्त रूपमा काम गरिरहेको जानकारी दिएका छन् । यही सुरक्षा चासोलाई उद्धृत गर्दै राष्ट्रपति ट्रम्पले आर्कटिक क्षेत्रमा बढ्दो रूसी र चिनियाँ गतिविधिलाई ग्रिनल्यान्डमाथि अमेरिकाको नियन्त्रण आवश्यक हुने कारणका रूपमा बारम्बार उल्लेख गर्दै आउनुभएको छ ।

    मङ्गलबार, पुष २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.