काठमाडौँ । अन्तर्राष्ट्रिय महिला सेमिनारको पहिलो दिन ‘गाजा सोलिडारिटी’ विषयमा केन्द्रीत रहेर प्यालेस्टाइनी जनताको मुक्ति आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गर्दै विविध सांस्कृतिक कार्यक्रम सहित समापन गरिएको छ ।
रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले प्यालेस्टाइनी जनतामाथि अमेरिकी साम्राज्यवादले गर्दै आएको चरम प्र्रकारको अन्याय, सांघातिक हमलाको शिकार हुनु परिहेको विभत्स हत्याका घटनाहरूलाई जीवन्त रुपमा प्रस्तुत गरेका थिए । उक्त अभिनय देखेर कैयौं सहभागिरू भावुक भएका थिए भने कैयौं प्रतिनिधीहरूलाई साम्राज्यवाद विरुद्ध सशक्त प्रकारले संघर्ष गर्नका लागि उत्साह थपेको थियो ।
कार्यक्रममा विश्वका करिब २० देशबाट आएका प्रतिनिधीहरूले आ–आफ्नो भाषा तथा भेषभुशा सहित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
त्यस्तै सुसेरा म्यूजिकल ब्याण्डले पनि प्यालेस्टाइनी जनताप्रति ऐक्यवद्धता प्रकट गर्दै गित तथा संगित प्रस्तुत गरेका थिए ।
विदेशबाट आएका प्रतिनिधीहरूले हाक्का सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दा सिंगो हल नै झुमेको थियो ।

