• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

लुभ्र सङ्ग्रहालयमा अमूल्य शाही गहना चोरी, फ्रान्सेली प्रहरीद्वारा तीव्र खोजी सुरु


  •   सोमबार, कार्तिक ०३, २०८२ मा प्रकाशित
  • पेरिस । फ्रान्सको राजधानी पेरिसस्थित ऐतिहासिक लुभ्र सङ्ग्रहालयबाट दिनदहाडै आठवटा अमूल्य शाही गहना चोरी भएको घटनापछि फ्रान्सेली प्रहरीले चोरहरूको खोजी तीव्र बनाएको छ ।

    Advertisement

    अधिकारीहरूका अनुसार करिब ६० जना अनुसन्धानकर्ताको टोली उक्त घटनामा संलग्न आपराधिक गिरोहको सुराकीका लागि खटिएको छ । प्रारम्भिक अनुसन्धानले यो चोरी एक सङ्गठित अपराध समूहद्वारा योजनाबद्ध रूपमा गरिएको सङ्केत गरेको छ ।

    फ्रान्सका न्यायमन्त्री जेराल्ड डार्मानिनले सोमबार लुभ्र सङ्ग्रहालयको सुरक्षामा कमजोरी भएको स्वीकार गर्दै भन्नुभयो, “हामी असफल भयौँ भन्ने निश्चित छ । किनभने कसैले पेरिसको बीचमा नै केही मिनेटभित्र अमूल्य गहना लुट्न सके र यसले फ्रान्सको छविलाई गम्भीर असर पुर्‍याएको छ ।”

    यसैबीच, गृहमन्त्री लरेन्ट नुनेजले पनि हालै फ्रान्सका अन्य सङ्ग्रहालयहरूमा भएका डकैतीहरूलाई स्मरण गर्दै स्वीकार गर्नुभयो, “सङ्ग्रहालयहरूमा सुरक्षाको अवस्था हाम्रो प्रमुख कमजोरी बनेको छ ।”

    अनुसन्धानका अनुसार, चोरहरूको टोली आइतबार बिहान ९ः३० देखि ९ः४० बजेसम्म (०७३०–०७४० जिएमटी) सङ्ग्रहालयमा प्रवेश गरेको थियो । उक्त सङ्ग्रहालय जनसाधारणका लागि बिहान ९ बजे मात्र खुलेको थियो ।

    उनीहरूले शाही सङ्ग्रहहरू प्रदर्शनमा राखिएको ‘अपोलो ग्यालरी’ मा प्रवेश गर्नका लागि मुभरहरूले प्रयोग गर्ने जस्तै विस्तारयोग्य सिँढी भएको ट्रक प्रयोग गरेका थिए । त्यसपछि उनीहरूले झ्याल काटेर भित्र पस्न र डिस्प्ले केसहरू फोड्न उपकरणहरूको प्रयोग गरेका थिए ।

    सङ्ग्रहालयमा रहेका एक आगन्तुकले मोबाइल फोनमा खिचेको छोटो भिडियो क्लिप फ्रान्सेली समाचार माध्यमहरूले प्रसारण गरेका छन् ।

    मास्क लगाएका चोरहरूले १९औँ शताब्दीका नौवटा गहना चोरी गरेका थिए । तिनमा महारानी युजेनीको मुकुट समेत रहेको थियो । भाग्ने क्रममा उनीहरूले मुकुट खसाल्दा क्षति पुगेको बताइएको छ । लुभ्रको वेबसाइटका अनुसार उक्त मुकुटमा एक हजार ३५४ वटा हीरा र ५६ वटा पन्ना जडित छन् ।

    संस्कृति मन्त्रालयका अनुसार चोरीमा आठवटा ‘अमूल्य’ गहना हराएका छन्, जसमा नेपोलियनले आफ्नी पत्नी महारानी मेरी–लुइसलाई दिएको पन्ना र हीराको हार पनि समावेश छ । चोरी भएका अन्य वस्तुहरूमा महारानी युजेनीको अर्को मुकुट र फ्रान्सकी अन्तिम रानी मेरी–एमेलीको हार पनि रहेको छ, जसमा आठ नीलम र ६३१ हीरा छन् ।

    सम्पूर्ण चोरी प्रक्रिया करिब सात मिनेटमै सम्पन्न भएको र सम्भवतः ‘विदेशी’ अनुभवी टोलीले सञ्चालन गरेको बताइएको छ । सङ्ग्रहालयका कर्मचारीहरूले तत्काल हस्तक्षेप गरेपछि चोरहरूले केही उपकरण त्यहीँ छोडेर भागेका थिए ।

    प्रसिद्ध लिलामी गृह ड्रुटका अध्यक्ष अलेक्जान्ड्रे गिकेलोले भन्नुभयो, “यी चोरी भएका गहनाहरूलाई हालको अवस्थामा बेच्नु लगभग असम्भव छ ।”

    यो घटना सन् १९९८ पछि लुभ्रबाट भएको पहिलो ठूलो चोरी हो । त्यसबेला चित्रकार क्यामिली कोरोटको चित्र हराएको थियो ।

    सङ्ग्रहालयहरूको कमजोर सुरक्षा व्यवस्थामाथि पुनः प्रश्न उठेको छ । आलोचकहरूले सङ्ग्रहालयहरूलाई ‘बैंकभन्दा पनि कम सुरक्षित’ भएको भन्दै सरकारप्रतिको असन्तुष्टि व्यक्त गरेका छन् ।

    गत महिनामात्रै अपराधीहरूले पेरिसको प्राकृतिक इतिहास सङ्ग्रहालयबाट करिब सात लाख डलर मूल्यको सुनको नमूना र लिमोजेस सहरको सङ्ग्रहालयबाट ७६ लाख डलर मूल्यका भाँडाकुँडाहरू चोरी गरेका थिए ।

    आइतबारको लुटपाटले फ्रान्समा राजनीतिक प्रतिक्रियाहरू पनि जन्माएको छ । दक्षिणपन्थी नेता जोर्डन बार्डेलाले यस घटनालाई ‘राष्ट्रका लागि असहनीय अपमान’ भन्दै सरकारको असफलताको प्रतीक बताउनुभएको छ ।

    राष्ट्रपति इमानुएल म्याक्रोनले भने सामाजिक सञ्जालमार्फत् अपराधीहरूलाई समात्न र चोरी गरिएका गहना पुनः प्राप्त गर्न ‘सबै प्रयास भइरहेको’ जनाउनुभएको छ ।

    सोमबार, कार्तिक ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.