• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

फिर्ता अफगानीको फिर्तीले इस्लामिक स्टेटको खतरा वृद्धि


  •   शुक्रबार, असोज १०, २०८२ मा प्रकाशित
  • पाकिस्तान र इरानबाट गरिब अफगानिस्तान फर्काइएका लाखौँ आप्रवासीले इस्लामिक स्टेट (खोरासान) को आतङ्कवादको सम्भावना बढाउन सक्ने कूटनीतिक र सुरक्षा स्रोतहरूले चेतावनी दिएका छन् ।

    Advertisement

    जनवरीदेखि करिब २६ लाख अफगान फर्किएका छन् । तिनमा विदेशमा दशकौँ बिताएका वा पहिलो पटक अफगानिस्तानमा पाइला टेकेका मानिसहरू समावेश छन् ।

    संयुक्त राष्ट्रसङ्घीय समितिका पूर्व संयोजक हान्स–जाकोब सिन्डलरका अनुसार इस्लामिक स्टेट खोरासानले यी भर्खरै आएका अफगानहरूलाई सम्भावित भर्ती पूलको रूपमा हेर्ने जोखिम उच्च छ ।

    तालिबानको सन् २०२१ मा सत्तामा फर्किएपछि सुरक्षा सुधार भए पनि इस्लामिक स्टेटको स्थानीय शाखाले पूर्वी अफगानिस्तानमा पकड जमाएको छ र आक्रमण जारी राखेको छ ।

    सिन्डलरका अनुसार समूहले असन्तुष्ट तालिबान र नयाँ शासनको हिस्सा नभएका अफगानहरूलाई भर्ती गरिरहेको छ ।

    संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसिआर) ले यस वर्षको अन्त्यसम्म ४० लाख अफगानी देशमा फर्कन सक्ने अनुमान गरेको छ । यस्ता आप्रवासीहरूले रोजगारी, आवास वा आधारभूत सेवाबाट वञ्चित हुने खतरा भोग्न सक्छन्, जसले सशस्त्र समूहद्वारा शोषणको जोखिम बढाउँछ ।

    विश्व बैंकका अनुसार अफगानिस्तानको करिब आधा जनसङ्ख्या गरिबीको रेखामुनि छ र १५ देखि २९ वर्ष उमेर समूहको एक चौथाइ बेरोजगार छ । युरोपेली कूटनीतिक स्रोतका अनुसार कतिपय अफगानीहरू आर्थिक आवश्यकता भएर आतङ्कवादी समूहमा सामेल हुन्छन् ।

    इन्स्टिच्युट फर स्ट्रेटेजिक स्टडिज (आइएसएसआई) की अमिना खानका अनुसार दशकौँ विदेशमा बिताएका फिर्ता अफगानीहरूले आफैँलाई विदेशी जस्तो अनुभव गर्छन् र कतिपय पाकिस्तानप्रति असन्तुष्ट पनि हुनेछन् । उनीहरू बहुराष्ट्रिय आतङ्कवादी समूहका लागि ‘उत्तम चारा’ हुनसक्ने खतरा छ ।

    रूसका अनुसार अफगानिस्तानमा २० वटा विभिन्न सङ्गठनमा करिब २३ हजार लडाकू छन्, जसमा इस्लामिक स्टेटको गतिविधि पूर्व, उत्तर र उत्तरपूर्वमा केन्द्रित छ ।

    सिन्डलरका अनुसार सन् २०२३–२०२५ को बीच युरोपमा भएका असफल आक्रमणहरूको धेरै हिस्सा इस्लामिक स्टेटसँग सम्बन्धित छन्, जसले युरोपका लागि ‘टिकिङ टाइम बम’ जोखिम कायम राख्छ ।

    मानवीय सहयोगद्वारा फिर्ता अफगानीका लागि ‘सम्मानजनक भविष्य निर्माण गर्नु’ मात्रै भर्ती रोक्ने उपाय हो, तर अमेरिकी कोष कटौतीले मानवीय क्षेत्र कमजोर भएको छ ।

    शुक्रबार, असोज १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.