• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

चीनद्वारा डब्लुटिओमा विकासोन्मुख देशको विशेष सुविधा परित्याग


  •   बिहिबार, असोज ०९, २०८२ मा प्रकाशित
  • साङ्घाई । चीनले अब विश्व व्यापार सङ्गठन (डब्लुटिओ) सम्झौतामा विकासोन्मुख देशका लागि दिइने विशेष सुविधा नचाहेको घोषणा गरेको छ । संयुक्त राज्य अमेरिकाले लामो समयदेखि यस कदमको माग गर्दै आएको थियो ।

    Advertisement

    चीनको वाणिज्य मन्त्रालयका अधिकारीहरूले बुधबार यो निर्णय विश्वव्यापी व्यापार प्रणालीलाई सुदृढ गर्न र हालका संरक्षणवादी नीतिहरू तथा आयात प्रतिबन्धका चुनौतीबीच डब्लुटिओलाई प्रभावकारी बनाउन लिइएको बताएका छन् ।

    यो कदमले चीनको बजारमा विदेशी वस्तु प्रवेश सजिलो बनाउने वा नबनाउने भन्ने स्पष्ट नभए पनि यसले आगामी वार्ता प्रभावित गर्नेछ भने विद्यमान सम्झौतामा असर गर्नेछैन ।

    डब्लुटिओका महानिर्देशक एनगोजी ओकोन्जो–इविलाले चीनको निर्णयलाई स्वागत गर्दै ‘यसबाट विवादको मुद्दा समाप्त भएको र सुधारका लागि ढोका खोलेको छ’ भन्नुभयो । उहाँले अमेरिकी प्रतिक्रिया सकारात्मक रहेको बताउनुभयो । उहाँले हाँस्तै भन्नुभयो, “तर उनीहरूले ‘अब समय आइसकेको छ’ भने ।”

    चिनियाँ प्रधानमन्त्री ली किआङले मङ्गलबार न्युयोर्कमा आयोजित संयुक्त राष्ट्र महासभाको साइडलाइनमा भएको विकास फोरममा यो घोषणा गर्नुभएको थियो । बेइजिङको निर्णय स्वैच्छिक भएको र अन्य विकासोन्मुख देशहरूले यसलाई पछ्याउनुपर्ने छैन भन्ने चीनको दाबी छ ।

    “यो चीनको आफ्नै निर्णय हो”, डब्लुटिओका लागि चीप्नका शीर्ष दूत ली यिहोङले जेनेभामा पत्रकारलाई भन्नुभयो ।

    एक सय ६६ सदस्यीय डब्लुटिओले विश्वव्यापी व्यापार वार्ताका लागि मञ्च उपलब्ध गराए पनि यसको प्रभावकारिता घट्दै गएको भन्दै सुधारको माग बढेको छ । ‘विशेष र विभेदकारी व्यवहार’ प्रावधानले विकासोन्मुख देशलाई सम्झौता कार्यान्वयनका लागि समय थप, प्राविधिक सहयोग र केही अपवाद उपलब्ध गराउँछ ।

    चीन अझै पनि आफूलाई विकासशील देश मान्ने बताउँछ । सरकारी अधिकारीहरूले चीन मध्यम आय भएको राष्ट्र भए पनि विकासोन्मुख विश्वको हिस्सा हो भन्ने जोड दिए । तर अमेरिकाले विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएकाले चीनले अब यो हैसियत त्याग्नुपर्ने तर्क गर्दै आएको छ ।

    ली किआङले भन्नुभयो, “चीन सधैँ विकासोन्मुख देश नै हुनेछ । सदस्य स्थिति र विशेष व्यवहारको मुद्दा सम्बन्धित भए पनि फरक छन् ।”

    यद्यपि, चीन अन्य मुलुकमा सडक, रेलमार्ग, बाँधजस्ता ठूला परियोजनामा ऋण र प्राविधिक सहयोग प्रदान गर्ने प्रमुख स्रोत बन्दै गएको छ । यी काम प्रायः राज्य स्वामित्वका चिनियाँ कम्पनीहरूले गरेका हुन् ।

    डब्लुटिओले औपचारिक रूपमा विकसित र विकासोन्मुख देश छुट्याउने व्यवस्था नगरे पनि केही सदस्य राष्ट्रले आफैँलाई विकासोन्मुख भनेर पहिचान गर्ने गर्छन् ।

    चिनियाँ अधिकारीहरूले आफ्नो वक्तव्यमा अमेरिकाको नाम वा राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै चीनसहित धेरै देशमा लगाएको करको उल्लेख गरेका छैनन् ।

    बिहिबार, असोज ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.