नयाँ दिल्ली । हामीले गत आइतबार साँझ १०ः३५ बजे ‘वैद्य नेतृत्वको एकता समाज फूटको संघारमा’ भन्ने शिर्षकमा समाचार सम्प्रेषण गरेका थियौँ । उक्त समाचार पछि सो संगठनका कतिपय कार्यकर्ताले हाम्रो मिडियालाई नै पित पत्रकारीताको आरोप लगाएका थिए । तर उक्त विवाद सार्वजनिक भएको छ, त्यो सँगै उक्त समाचार सत्यतथ्यमा आधारित रहेको प्रमाणित भएको छ ।
सो संगठनमा ‘माओवाद, आत्मनिर्णय सहितको जातिय राज्य र उग्रवामपंथि भडकाव कथित जनयुद्धलाई महान जनयुद्व’ लाई मान्ने र नमान्ने विषयमा नै मतभेत रहेको बुझिएको छ । यसै बीच सो संगठनका केन्द्रीय सदस्य तथा पूर्व केन्द्रीय कोषाध्यक्ष समेत रहेका इन्द्र भेटालले आज सामाजिक फेसबुकमा संगठन भित्रको मतभेद बाहिर ल्याएका छन् ।
भेटालले लेखेका छन्– “भ्रमको खेति नगरौँ, एकता समाजको बिधि र बिधानअनुसार अगाडि बढौँ, जसले एकता समाजको बिधानलाई मान्दैन स्वच्छाचारि ढंगले निर्णय गरेर बिधानको धज्जि उडाउने काम गरेकाछन्, हामि बिधि, बिधान अनुसार एकता समजको अस्तित्वलाई बचाउन चाहन्छौँ, एकता समाजले माओवाद, आत्मनिर्णय सहितको जातिय राज्य, र उग्रवामपंथि भडकाव कथित जनयुद्धलाई महान जनयुद्व मानेर जाने कुरा हुँदैन । आत्मसमर्पणवादीहरूले एकता समाजका कार्यकर्तालाई एकता समाजलाई फुटाउँदैछन् भनेर गुमराहमा पार्न जति प्रयत्न गरे पनि जो सक्षम कार्यकर्ता छन् । उनिहरु कदापि भ्रममा पर्ने छैनन् । अल्पमतले गरेको निर्णयलाई जवरजस्ति मान्न पर्ने, कुन एकता समाजको बिधानमा लेखिएकोछ ? बिधि र बिधान अनुसार संगठनलाई अगाडि बढाउनु सक्षम कार्यकर्ताको दायित्व हो ।”
त्यस्तै सचिवालय (भ.भा.ने.ए.समाज केन्द्रीय समिति) म्यासेन्जर ग्रुपमा लेखिएको छ– “देव बहादुर लामीछाने जी लामो समय संगठनको कुनै पनि स्थानमा सकृय नभए पछि व…” यसले यो पुष्टि हुन्छ कि, सो संगठनले सकृय नभएको हुँदा देव बहादुर लामीछानेलाई समितिबाट हटाएको प्रमाणित हुन्छ । कुनै सदस्य सकृय नभएको अवस्थामा राख्ने वा हटाउने सम्बन्धित समितिको विधानतः अधिकार हुन्छ ।
सोही ग्रुपमा भेटालले पनि लेखेका छन्– “यदि देव बहादुर लामिछानेले मलाई निकाल्दिनु भनेको भए उहाँ सचिवालय समितिमा हुदाहुदै बैठकमा पनि खबर नगर्ने र सचिवालयको बैठकमा हुदै नभएको निर्णयलाई सर्कुलर गर्ने ? यदि हिम्मत भएको भए उहाँलाई बैठकमा बोलाए छलफल र निर्णय गर्नु पर्ने थियो होलानि । एकता समाजले माओवाद, जातिय आत्मनिर्णय सहितको संघियता र कथित जनयुद्धलाई कदापि महान जनयुद्ध भन्न सकिदैन ।”
विचारिक आधारमा आफ्ना एजेण्डाहरूमा मतभेदको आधारमा कुनै सदस्यले पार्टी वा संगठनबाट अलगिनुलाई सामान्य मानिता पनि महत्वाकांक्षाको आधारमा छुट्टै संगठन निर्माण गर्न खोज्नु उपयुक्त हुँदैन । देवबहादुर लामिछानेलाई विगतमा गुटबाजी गविधिमा संलग्न भएको र आर्थिक हिनामिना गरेको अभियोगमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले साधारण सदस्य समेतबाट निस्काशित गरेको थियो । त्यसैको प्रतिशोधमा लामिछानेले अखिल भारत नेपाली एकता समाज गठन गरेका थिए । तर सन्त बहादुर नेपालीले नेतृत्व गरेको मोटो मशाल र मोहन वैद्यले नेतृत्व गरेको क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपाल बीच एकता भएपछि अखिल भारत नेपाली एकता समाजको नेतृत्वमा आनन्द थापा पुगेसँगै नेतृत्वबाट देवबहादुर हटनु परेको थियो । अहिले पनि अखिल भारत नेपाली एकता समाजका एकजना जिम्मेवार नेताका अनुसार देवबहादुर लामिछानेलाई आर्थिक हिसाब किताब नबुझाएको आरोप छ ।
२०८१ असार २३ गते (७ जुलाई २०२४) देवबहादुर लामिछानेले नेतृत्व गरेको अखिल भारत नेपाली एकता समाज र आनन्द थापाले नेतृत्व गरेको अखिल भारत प्रवासी नेपाली एकता समाज बीच एकता भएसँगै पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत फरीदावाद नगर समिति लगायत अधिकांश नगर समितिहरू तटस्त रहेको एक जना केन्द्रीय सदस्यले हामीलाई बताए । एकता पश्चात आफूहरूले कुनै पनि गतिविधिमा नलागेको ति सदस्यको भनाई छ ।


