• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

पाँच नक्सलवादी विद्रोहीको मृत्यु


  •   बुधबार, असोज ०८, २०८२ मा प्रकाशित
  • भारतमा दुई वरिष्ठ कमान्डरसहित पाँच माओवादी विद्रोही प्रहरीको गोली लागी मृत्यु भएकोे अधिकारीहरूले बुधबार बताएका छन्।

    Advertisement

    गत हप्ता छापामारहरूले एकतर्फी रूपमा लडाइँ रोक्ने घोषणा गरेयता भएको यो पहिलो ठूलो आक्रमण भएको भारतीय सुरक्षा बलले जनाएको छ।

    भारतको केन्द्र सरकारले दशकौँ लामो द्वन्द्वलाई दबाउन चौतर्फी आक्रमण सुरु गरेको छ र मार्च २०२६ सम्ममा माओवादी विद्रोहलाई समाप्त गर्ने वाचा गरेको छ।

    पछिल्लो पटक झारखण्ड र छत्तीसगढमा गोली हानाहान भएको बताइएको छ ।

    “झण्डै जनमुक्ति परिषद् (जेजेएमपी) का तीन सदस्य सुरक्षाकर्मीसँगको गोली हानाहानमा मारिएका छन्,“ प्रहरी महानिरीक्षक माइकलराज एसले एएफपीलाई जानकारी दिनुभयो ।

    झन्डै छ दशकअघि सुरु भएको माओवादी प्रेरित छापामार आन्दोलन जेजेएमपी नक्सलवादी आन्दोलनको एउटा विभाजनकारी समूह हो, जसको नाम हिमालयको फेदमा रहेको एक गाउँको नामबाट राखिएको छ।

    माओवादीले गत साता सशस्त्र सङ्घर्ष स्थगित गरेको र सरकारसँग वार्ताको प्रस्ताव गरेको थियो ।

    अधिकारीहरूले उनीहरूले दाबीहरूको सत्यता जाँच गरिरहेको बताएका छन्।

    सोमबार सुरक्षा फौजले मध्य भारतको अबुझमाद क्षेत्रमा दुई शीर्ष माओवादी नेताहरू कट्टा रामचन्द्र रेड्डी र कादरी सत्यनारायण रेड्डीको गोली लागी मृत्यु भएको जनाएका छन् ।

    विगत तीन दशकदेखि सक्रिय रहेको र सुरक्षा फौजमाथि भएका कैयौँ घातक आक्रमणका लागि उनीहरुमाथि आरोप लगाइएको बताइएको छ ।

    गृहमन्त्री अमित शाहले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “हाम्रा सुरक्षा बलले योजनाबद्ध ढङ्गले नक्सलवादीको शीर्ष नेतृत्वलाई ध्वस्त पारिरहेका छन् र ‘लाल आतङ्क’ को मेरुदण्ड तोडिरहेका छन् ।”

    यसअघि नक्सलवादीहरूले फेब्रुअरीमा उनीहरूले युद्धविरामको आह्वान गरेका थिए तर पनि वार्तामा संलग्न हुने प्रस्तावलाई अधिकारीहरूले अस्वीकार गरेका थिए।

    गत वर्षको सेप्टेम्बरदेखि अहिलेसम्म ४५० जना माओवादी मारिएका छन् ।

    सन् १९६७ मा मुट्ठीभर केही गाउँलेहरूले आफ्ना सामन्ती शासकहरूविरुद्ध गरेको विद्रोहका कारण भएको द्वन्द्वमा १२ हजारभन्दा बढी विद्रोही, सैनिक र सर्वसाधारणको मृत्यु भएको छ।

    सन् २००० को दशकको मध्यमा अनुमानित १५ हजार देखि २० हजार लडाकुहरूको साथ चलेको विद्रोहले देशको लगभग एक तिहाइ भागमा प्रभाव पारेको थियो तर हालैका वर्षहरूमा यो नाटकीय रूपमा कमजोर भएको छ।

    बुधबार, असोज ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.