• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

संयुक्त राष्ट्रसङ्घमा बहुपक्षवादको समर्थन


  •   बुधबार, असोज ०८, २०८२ मा प्रकाशित
  • संयुक्त राष्ट्रसङ्। फ्रान्सदेखि दक्षिण कोरिया, दक्षिण अफ्रिकादेखि सुरिनामसम्मका नेताहरूले मङ्गलबार संयुक्त राष्ट्रसङ्घ (युएन) का महासचिव एन्टोनियो गुटेरेसको युद्ध, गरिबी र जलवायु अराजकताजस्ता वैश्विक चुनौतीहरूलाई मिलेर सम्बोधन गर्ने आह्वानलाई समर्थन गरेका छन् ।

    Advertisement

    तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ‘अमेरिका फर्स्ट’ एजेन्डा जोडका साथ प्रस्तुत गर्नुभयो ।

    गुटेरेसले महासभाको वार्षिक अधिवेशन उद्घाटन गर्दै युद्धभन्दा शान्ति, अराजकताभन्दा कानून र आत्महितभन्दा सहकार्यलाई रोज्न नेताहरूलाई आग्रह गर्नुभयो ।

    उहाँले बढ्दो बहुध्रुवीय विश्वमा चीन र भारतजस्ता शक्तिहरूको उदयलाई स्वीकार गर्दै प्रभावकारी सहयोग र संस्थागत संरचना बिना अराजकता बढ्ने चेतावनी दिनुभयो ।

    – नेताहरूको चेतावनी र समर्थन –

    फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले द्वितीय विश्वयुद्धपछि बनेको युएन ८० वर्षपछि ‘विभाजनका कारण कमजोर बन्दै गएको’ बताउनुभयो । उहाँले भन्नुभयो, “जटिल संसारले युएनका शान्ति, न्याय र मानव अधिकारका आधारभूत सिद्धान्तलाई समर्थन नगर्ने कारण बन्नु हुँदैन ।”

    सुरिनामकी राष्ट्रपति जेनिफर गेरलिङ्स–साइमन्सले बहुपक्षवादलाई ‘मानवताको महान उपलब्धि’ भन्दै यसको सुरक्षा आवश्यक भएको बताउनुभयो ।

    दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले युएन सदस्यता साझा मानवताको प्रतीक भएको बताउनुभयो ।

    दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले भन्नुभयो, “समय जति कठिन हुन्छ, त्यति नै हामीले युएनको आधारभूत भावनामा फर्कनुपर्छ ।”

    – ट्रम्पको अमेरिका फर्स्ट –

    तर दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि महासभामा पहिलो सम्बोधन गर्दै ट्रम्पले कुनै सम्झौता नगरी ‘अमेरिका फर्स्ट’ भाषण दिनुभयो ।

    उहाँले अमेरिकालाई ‘सबैभन्दा बलियो सीमा, सेना, मित्रता र भावना भएको राष्ट्र’ भन्दै ‘यो अमेरिकाको स्वर्ण युग हो’ भनी दाबी गर्नुभयो ।

    ट्रम्पले युएनलाई असक्षम संस्था भन्दै आलोचना गर्नुभयो र एस्केलेटर बिग्रिनु तथा टेलिप्रोम्प्टर नचालिनुजस्ता घटनामा समेत दोषारोपण गर्नुभयो ।

    युएनले ती समस्याको जिम्मा अन्य पक्षमा लगाएको थियो । तर गुटेरेससँगको भेटमा उहाँको स्वर नरम हुँदै ‘अमेरिका युएनको सतप्रतिशत पछि छ’ भन्नुभयो ।

    – विश्वका द्वन्द्व र ट्रम्पको धारणा –

    महासभासँगै सुरक्षा परिषद्ले युक्रेन र गाजाको युद्धबारे आपत्कालीन बैठक गर्‍यो ।

    युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई भेटेपछि ट्रम्पले सामाजिक सञ्जालमा ‘युक्रेनले रुससँग गुमाएका सबै भूभाग पुनः पाउन सक्छ’ भन्नुभयो । यद्यपि उहाँले पहिले क्षेत्रीय सम्झौता गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

    गाजामा बैठकले अमेरिकाको अलगावलाई झल्कायो । अधिकांश राष्ट्रहरूले युद्धविराम र मानवीय सहायता मागे पनि नयाँ अमेरिकी राजदूत माइक वाल्ट्जले बैठकलाई ‘छल’ भन्नुभयो ।

    – मध्यपूर्वमा मतभेद –

    जोर्डनका राजा अब्दुल्लाह द्वितीयले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकार शान्तिका लागि इच्छुक नभएको आरोप लगाउँदै प्यालेस्टिनीहरूको स्वतन्त्र राज्यको अधिकार निर्विवाद भएको बताउनुभयो ।

    फ्रान्सले प्यालेस्टिनी राज्यलाई मान्यता दिने अभियानको नेतृत्व गरेपछि अमेरिकासहितका शक्तिहरूबीच अझै गहिरो विभाजन देखिएको छ ।

    – आर्थिक सङ्कटमा युएन –

    युएनमा बजेटीय सङ्कट पनि चर्किएको छ । अमेरिकासहित केही राष्ट्रले कोष फिर्ता लिएपछि मानवीय सहायता अपुरो भएको गुटेरेसले ‘धेरैका लागि मृत्युदण्ड सरह’ भन्नुयभो ।

    मानवतावादी प्रमुख टम फ्लेचरले ११ करोडभन्दा बढी मानिसलाई सहयोगका लागि मागिएको नौ अर्ब डलरमध्ये अहिलेसम्म १९ प्रतिवशत मात्र वित्तपोषण भएको बताउनुभयो ।

    यसैबीच, गुटेरेस र ट्रम्पबीच संवादलाई फ्लेचरले ‘सकारात्मक र आवश्यक कूटनीतिक संवाद’ भन्नुभएको छ ।

    बुधबार, असोज ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.