• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

‘बाढीले अन्नपात बगायो, दसैँका लागि खानेकुरा पनि छैन’


  •   शनिबार, असोज ०४, २०८२ मा प्रकाशित
  • दोधारा चाँदनी (कञ्चनपुर) ।  कञ्चनपुरमा गत भदौमा अविरल वर्षापछि आएको बाढीका कारणले डुबान हुँदा सयौँ परिवार विस्थापित भए । विस्थापित भएकाहरू घर त फर्किए, तर घरमा रहेको अन्न, लुत्ताकपडा र भाडाकुँडा बाढीले बगाएकाले खान लाउन समस्या भोग्नु परेको छ ।

    Advertisement

    यहाँको दोधारा चाँदनी नगरपालिकामा–४ मा जोगबुडा नदीको बाढी बस्ती पस्दा ठूलो नोक्सानी भएको थियो । वडा नं ३, ८, ९ र  १० का बासिन्दा सबैभन्दा बढी समस्यामा परेका छन् । यहाँका एक सय ६५ परिवार बाढीबाट विस्थापित भएका छन् । बस्ती पसेको बाढीले लुत्ताकपडादेखि अन्न बगाएपछि चाडपर्वमै कसरी हातमुख जोर्ने भन्ने समस्या आइलागेको छ ।

    दोधारा चाँदनी–१० शान्तीटोलका वृद्धकली सार्कीले भन्नुभयो, “घरभित्र रहेका अत्यावश्यक सबै कुरा बाढीले बगायो । त्यसबेला ज्यान त जोगायौँ, तर के खाएर बाच्ने ? बाढीले अन्नपात सबै बगाएपछि साझ बिहानको छाक टार्नसमेत मुस्किल भएको छ ।”

    गतवर्ष पनि यस्तै समस्या आएको थियो । त्यस बेला सरकारले दाल चामल सहयोग गरेकाले दसैँमा जसोतसो गुजारा टरेको थियो । सार्कीले भन्नुभयो, “यसपटक पनि पालिकाले केही भाडाकुँडा त दिएको छ, तर पकाउनलाई अन्न छैन । हाल सरकार आफैँ समस्यामा परेकाले राहत पाइने आशा पनि टुटेको छ ।”

    स्थानीय चम्पा सार्कीले धेरै विस्थापित बालबालिका छोडेर रोजगारी गर्न छिमेकी देश भारत पुगेको बताउनुभयो । “एक बिघामा लगाएको धान सबै लेदोले पुरेको छ । बाहिर त समस्या भयो नै, घरभित्रको पनि रहेन”, उहाँले भन्नुभयो, “बाढीले केही राखेन अन्नपात लत्ताकपडा सबै बगाइदियो । सुरक्षाकर्मीको सहयोगमा बाढीबाट ज्यान जोगिए पनि अन्नपात जोगाउन नसक्दा समस्यामा परेको छ ।”

    बाढीले समस्या भएपछि  शान्तिटोलका हेमु सार्कीका आमाबुवा रोजगारीका लागि भारत जानुभएको छ । १३ वर्षीया हेमुलाई छिमेकीको जिम्मा लगाएर सार्की दम्पत्ति रोजगारीका लागि भारत जानुभएको हो । “घरभित्र केही बाँकी छैन ।  पालिकाले केही भाडाकुँडा दिएको छ, तर त्यसमा के पकाउने ? लत्ताकपडा, अन्नपात केही छैन”, उहाँले भन्नुभयो, “घरमा केही नरहेपछि आमाबुवा भारत गएका छन् । म हजुरआमाको घरमा बस्छु ।”

    दसैँको समयमा विद्यालय बिदा भएकाले यहाँका थुप्रै स्थानीय रोजगारीका लागि भारत गएका छन् । पूर्वतिर महाकाली र पश्चिमतिर जोगबुडा नदी भएका कारण दोधारा चाँदनीका बस्ती बर्खायाममा हरेक वर्ष डुबानमा पर्दै आएका छन् ।

    शनिबार, असोज ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.