• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लिपुलेकसम्बन्धी चीन–भारत सहमतिको मसालद्वारा विरोध


  •   बिहिबार, भदौ ०५, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले लिपुलेकलाई व्यापारिक नाका बनाउने चीन र भारतमाझको सहमतिको विरोध गरेको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८२ भदौ ५ गते बिहीबार प्रेसवक्तव्य जारी गर्दै मसालले विरोध व्यक्त गरेको हो ।

    लिपुलेक त्रिदेशीय सीमा भएको स्मरण गराउँदै मसालले यसअघि २०७२ सालमा पनि यस्तै सहमति गर्दा मसालले विरोध गरेको वक्तव्यमा उल्लेख छ ।

    चीन र भारत दुवै साम्राज्यवादी देश भएको आफ्नो नीतिबारे जानकारी गराउँदै मसालले भनेको छ– ॅअहिलेको लिपुलेक सहमतिबाट दुवै देश साम्राज्यवादी भएको स्पष्ट भएको छ ।’

    मसालले ती दुवै देश साम्राज्यवादी भए पनि भारतको भूमिका नेपाली राष्ट्रियताको सम्बन्धमा बढी घातक भएको र चीनको भूमिका तुलनात्मक रूपले सन्तुलित रहेको बताएको छ ।

    गाजामा इजरायलले पूर्ण कब्जा गर्न थालेकोमा मसालले विरोध गरेको छ । प्यालेस्टाइन र इजरायल दुवै देश विश्व मानचित्रमा रहनुपर्ने आवश्यकतामा जोड दिँदै इजरायली विस्तारवादी नीति विरुद्ध त्यहाँ भइरहेको विरोधप्रति मसालले ऐक्यबद्धता व्यक्त गरेको छ ।

    नेपाल सरकारले निजी मेडिकल कलेजका लागि एकतर्फी सिट सङ्ख्या बढाएकोमा मसालले विरोध गरेको छ । संविधानमा समाजवादोन्मुख अर्थतन्त्र भनिनुका बाबजुद यो निर्णयबाट सरकारले पुँजीवादी बाटो अपनाएको धारणा मसालको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “इजरायलको सरकारले गाजा क्षेत्रमा आफ्नो आधिपत्य कायम गर्ने घोषणा गरेको छ र त्यहाँका प्यालेस्टाइनीलाई त्यहाँबाट धपाउने नीति अपनाएको छ । त्यही विस्तारवादी उद्देश्य पूरा गर्न त्यसले गाजामा लगातार आक्रमण बढाउँदै लगिरहेको छ । हाम्रो स्पष्ट मत छ कि गाजा मात्र होइन, प्यालेस्टाइनको भूमिमा उनीहरूको स्वतन्त्र र सार्वभौम राष्ट्रको निर्माण हुनुपर्दछ । निश्चय नै त्यसका साथै हामीले यहुदी जनताका लागि स्वतन्त्र र सार्वभौम राष्ट्रनिर्माणको आवश्यकतालाई पनि अस्वीकार गर्दैनौँ । त्यसैले हामीले प्यालेस्टाइन र इजरायल दुई राष्ट्रको सिद्धान्तलाई समर्थन गर्दछौँ ।

    नेतान्याहुको सरकारले सम्पूर्ण प्यालेस्टाइनी जनतालाई राज्यविहीन बनाउने र गाजामा पूरै आधिपत्य कायम गर्ने जुन नीति अपनाएको छ, त्यसको हामीले कडा शब्दमा निन्दा र भर्त्सना गर्दछौँ । यो स्वागतयोग्य कुरा हो कि नेतान्याहु सरकारका फासिष्ट र युद्धपिपासु नीतिका विरुद्ध स्वयम् इजरायलका जनताले पनि व्यापक विरोध गरिरहेका छन् । उनीहरूको त्यस प्रकारको विरोध प्रदर्शनले प्यालेस्टाइन र यहुदी जनताका बिचमा सद्भावना र ऐक्यबद्धताका लागि आधार तयार पार्नेछ भन्ने कुरामाथि पनि हामीले विश्वास गर्दछौँ ।

    हालै चिनिया र भारतीय प्रधानमन्त्री दुबैले निकालेको संयुक्त विज्ञप्तिमा लिपुलेकलाई उनीहरूको व्यापारिक मार्ग बनाउने सहमति प्रकट गरिएको छ । लिपुलेक नेपालको सार्वभौम क्षेत्रभित्र पर्दछ* । त्यसकारण नेपालको सहमतिविना उनीहरूले त्यसलाई आफ्नो व्यापारिक मार्ग बनाउन कुनै सम्झौता गर्नु अन्तर्राष्ट्रिय कानुन र नेपालको पनि सार्वभौमिकताका विरुद्धको कुरा हो । हामीले उनीहरूको त्यस प्रकारको नीतिको कडा शब्दमा विरोध र भर्त्सना गर्दछौँ । उनीहरूले केही वर्षपहिले पनि लिपुलेकबारे त्यही प्रकारको सम्झौता गरेका थिए र हामीले त्यसको विरोध गरेका थियौँ । अहिले पनि हामीले उनीहरूको त्यस प्रकारको नीतिको कडा शब्दमा विरोध र भर्त्सना गर्दछौँ । हामीले सरकारसित चीन र भारतले लिपुलेकबारे गरेको त्यस प्रकारको सम्झौताको कडा विरोध गर्न माग गर्दछौँ ।

    हाम्रो पार्टीले चीन र भारत दुबैलाई साम्राज्यवादी देश मान्दछ । अहिले उनीहरूले लिपुलेकबारे गरेको सम्भौताबाट उनीहरू दुबैको साम्राज्यवादी चरित्र नै प्रकट भएको छ । भारतले लिपुलेकका साथै लिम्पियाधुरा र कालापानी क्षेत्रमा पनि कब्जा जमाएको छ । चीनले आफ्नो नयाँ नक्सामा त्यो क्षेत्र नेपालमा भएको देखाएको छैन । त्यसैले नेपालको राष्ट्रियता र सार्वभौमिकताका विरुद्ध ती दुबै देशले आपसमा साँठगाँठ गरेको देखिन्छ र हाम्रो पार्टीले ती दुबै देशको त्यस प्रकारको साम्राज्यवादी नीतिको विरोध गर्दछ ।

    हाम्रो पार्टीले चीन र भारत दुबै देशलाई साम्राज्यवादी देश माने पनि तुलनात्मक रूपले नेपालका लागि भारतीय साम्राज्यवाद बढी खतरनाक भएको विश्लेषण गरेको छ । अमेरिकी र भारतीय साम्राज्यवादको अतिक्रमण र हस्तक्षेपका विरुद्ध नियन्त्रण र सन्तुलनका लागि चीनसितको मैत्रीपूर्ण सम्बन्धलाई हामीले सकारात्मक रूपमा लिन्छौँ तर त्यसो गर्दागर्दै पनि चीनले लिपुलेक र कालापानी क्षेत्रसमेतबारे जुन अमैत्रीपूर्ण र साम्राज्यवादी नीति अपनाएको छ, त्यसको हामीले कडा शब्दमा विरोध गर्दछौँ ।

    सरकारले चिकित्सकको अध्ययनका लागि निजी क्षेत्रमा मात्र सिट सङ्ख्या बढाउने जुन निर्णय गरेको छ, त्यसप्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । संविधानमा नेपाललाई समाजवादोन्मुख राज्यको रूपमा व्याख्या गरिएको छ । त्यो अवस्थामा उद्योग वा स्वास्थ्य र शिक्षाको क्षेत्रमा पनि निजी क्षेत्रलाई सीमित पार्दै लगेर सार्वजनिक क्षेत्रलाई प्राथमिकता दिँदै जानुपर्नेमा एकतर्फी रूपले निजी क्षेत्रलाई प्राथमिकता दिने प्रकारको नीति सरकारले अपनाएको छ, त्यो नीति संविधानसमेतको विरुद्ध छ । सरकारले अपनाएको त्यस प्रकारको नीतिबाट सरकारले पूरैजसो पुँजीवादपरस्त नीति अपनाएको देखिन्छ । त्यसैले हामीले सरकारको त्यस प्रकारको नीतिको घोर विरोध गर्दै अहिले चिकित्साको क्षेत्रमा त्यसले अपनाएको नीतिलाई पूरै खारेज गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ ।”

    *भुलसुधार

    यही सालको भदौ ५ गते प्रकाशित नेकपा (मसाल) को वक्तव्यमा लिपुलेकलाई त्रिदेशीय सीमा भनेर लेखिएकोमा गल्ती हुन गएको छ । लिम्पियाधुरा नै त्रिदेशीय सीमा हो तर लिपुलेक होइन । त्यो नेपालको सार्वभौमिक क्षेत्रभित्र नै पर्दछ । त्यसकारण वक्तव्यमा लेखिएको त्यो गल्तीलाई सच्चयाएर पढ्नका लागि अनुरोध गर्दछौँ ।

    नेकपा (मसाल)
    केन्द्रीय कार्यालय

    बिहिबार, भदौ ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.