रिकङ्गपिओ, हिमाचल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रिकाङ्गपिओ पिओका कोषाध्यक्ष एवं हिमाचल राज्य समिति सदस्य ४४ वर्षीय रतन तिरुवाको ५ अगस्त २०२५ का दिन सडक दुर्घटनामा परि निधन भएको थियो ।
Advertisement
नेपाल घर जुम्ला जिल्ला तिलागाउँपालिका ३ कुडारी निवासी हाल हिमाचल प्रदेशको किनौरमा रहँदै आएका थिए। उनी नेसङ झुला भन्ने ठाँउमा गाडि दुर्घटामा परि सतलुज नदीमा ज्यान गुमाएका थिए ।
रतन तिरुवाको सव सतलुज नदिबाट बाहिर निकाल्नको लागि हिमाचल राज्य समिति सहसचिव मिथुन सिंहको नेतृत्वमा नगर समितिका सदस्य तारा चन्द, ओम प्रकाश, राजेन्द्र, हरि किशन, नउसेर नेपाली, धन राज तिरुवा, बिरबहादुर तिरुवा, राम किशन तिरुवाको लामो खोतलासी पछि सवलाई सकुशल निकालि दाहसंस्कार गरिएको छ ।