धनगढी । कैलाली कारागार घटनामा ३६ घण्टादेखि कैदीबन्दीकै नियन्त्रणमा रहेको छ ।
एक जनाको मृत्यु र ४९ जना घाइते हुने गरी हिंसात्मक घटना भएको ३६ घण्टा बित्दासमेत स्थानीय प्रशासनले केही गर्न सकेको छैन ।
घटनापछि कैदीबन्दीले भित्रबाट ताला लगाउँदै थुनुवा कक्ष पूर्णरूपमा आफ्नो नियन्त्रणमा लिएका छन् । उनीहरूले सुरक्षाकर्मी र कारागार प्रशासनका कसैलाई पनि त्यहाँ प्रवेश गर्न दिएका छैनन् ।
सोही कारण घटनाको ३६ घण्टा बितिसक्दासमेत कारागारभित्रको वास्तविक कुरा सार्वजनिक हुन सकेको छैन ।
मानव अधिकार आयोग सुदूरपश्चिम प्रादेशिक कार्यालयको टोलीसँग कैदीबन्दीहरूले कैलालीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गोगनबहादुर हमाल र प्रमुख प्रहरी उपरीक्षक(एसपी) बालनरसिंह राणा बाहेकका माथिल्लो तहका प्रतिनिधिलाई मात्र भेट दिने बताएका छन् ।
उनीहरूले गृह मन्त्रालय र कारागार व्यवस्था विभागका प्रतिनिधिसँग मात्र वार्ता गरेर आफ्ना माग राख्ने बताएको मानव अधिकार आयोग सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीले जनाएको छ ।
हमालले अहिले कैदीबन्दीका आफन्तहरूले कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले अहिलेसम्म सुरक्षाकर्मी प्रवेश गर्न नपाएको कुरा सत्य भएको बताए । दिउँसो मानव अधिकार आयोगको भेट गरिरहेको जानकारी पाएको बताए ।