देहरादुन (भारत) । भारतको उत्तराखण्ड पौडिगढवालस्थित बाकुडा गाउँमा गएको पहिरोमा परेर पाँचजना नेपाली श्रमिकहरू लापत्ता भएका छन् ।
Advertisement
२०८२ साउन २१ गते विहान आएको पहिरोमा परि उनीहरू लापत्ता भएका हुन् । लापत्ता हुनेमा एकै परिवारका नगेन्द्र बहादुर खड्का वर्ष ३९, सन्ध्या खड्का वर्ष २९, छोरा रोम खड्का वर्ष २ का रहेका छन् । त्यस्तै अमृता परियार वर्ष ३५ र सुबास विक २१ पनि लापत्ता भएका छन्् । एकजना नाम नखुलेको चौधरी थरका व्यक्तिको खुट्टा भाँचीएको बताइएको छ ।
ठेकेदार चित्र पौडेलले बताए अनुसार उनीसँग ७३ जना नेपाली कामदारहरू कार्यरत रहेका छन्् । पौडेलको निर्माण कार्य सञ्चालनका लािग नेपाली कामदारहरु परिचालन गर्दै आएका छन् ।
लापत्ता हुनेहरू सबै मधुवन नगरपालिका ६, ताराताल बर्दिया निवासी हुन्् ।