• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

भिजिट भिसा प्रकरण : न्यायिक छानबिन आयोगद्वारा छानबिन गर्न राजमोको माग


  •   शनिबार, असार १४, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले भिजिट भिसा प्रकरणमा पूर्व प्रशासकको नेतृत्वमा समिति गठन गर्नु अपर्याप्त भएको बताउँदै न्यायिक छानबिन आयोगद्वारा छानबिन गर्न माग गरेको छ ।

    Advertisement

    अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८२ असार १४ गते शनिबार जारी प्रेसवक्तव्यमा सो माग गरिएको हो ।

    न्यायिक छानबिन समिति भन्नाले सर्वोच्च अदालत, उच्च अदालत वा जिल्ला अदालतका बहालवाला वा पूर्व न्यायाधीशको नेतृत्वमा समिति बन्नुपर्ने राजमो तर्क छ ।

    यस सन्दर्भमा राजमोले यसअघि पनि न्यायाधीशको नेतृत्वमा जनआन्दोलनमाथिको दमन, जुटमिल, सहकारी, चिकित्सा शिक्षा, सुनतस्करीलगायतका विषयमा छानबिन समिति गठन भएको स्मरण गराएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “भिजिट भिसा प्रकरणमा छानबिन गर्न सरकारले पूर्व प्रशासकको नेतृत्वमा छानबिन आयोग गठन गरेको कार्यप्रति हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको धारणा सार्वजनिक गर्न यो वक्तव्य जारी गरेका छौँ ।

    १. भिजिट भिसा प्रकरणको समग्र पक्षमाथि विचार गर्दा सरकारद्वारा पूर्व प्रशासकको नेतृत्वमा गठित छानबिन आयोगले स्वतन्त्र तथा निष्पक्ष ढङ्गबाट काम गर्न नसक्ने र त्यो अधिकारसम्पन्न नभई कमजोर खालको भएकाले त्यसको सट्टा न्यायिक छानबिन आयोगद्वारा नै भिजिट भिसा प्रकरणको छानबिन गरिनुपर्दछ ।

    २. सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा न्यायिक छानबिन आयोग गठन गर्न सकिने नेपालको संवैधानिक व्यवस्था रहेको छ । त्यसका साथै सर्वोच्च अदालत, विशेष अदालत, उच्च अदालत र जिल्ला अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा समेत सरकारले विगतमा कैयौँ न्यायिक छानबिन आयोग गठन गरी छानबिन गर्ने गरेको अभ्यास पनि रहँदै आएको छ । सर्वोच्चका बहालवाला न्यायाधीश कृष्णजङ्ग रायमाझीको नेतृत्वमा २०६२–६३ को जनआन्दोलनका दोषीमाथि छानबिन तथा कारबाही सिफारिसका लागि, जुद्ध जुटमिल कारखानामा भएको सरकारी सम्पत्तिको अपचलनलगायतका विभिन्न प्रकरणमा विभिन्न तहका अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा न्यायिक छानबिनलगायतका कैयौँ आयोग गठन हुँदै आएका छन् । पूर्व न्यायाधीशको नेतृत्वमा पनि सहकारी, चिकित्सा शिक्षा क्षेत्र, सुनतस्करी प्रकरणलगायतका थुप्रै सवालमा न्यायिक छानबिन समिति गठन गरिएका अभ्यास पनि रहेका छन् ।

    ३. भिजिट भिसा प्रकरणमा छानबिनका लागि हाम्रो दलले न्यायिक जाँचबुझ आयोगको गठनमा जोड दिँदै निष्पक्ष, स्वतन्त्र ढङ्गबाट छानबिन गर्न र छानबिनबाट दोषी देखिएका व्यक्तिलाई कानुनी कारबाहीका लागि समेत जोड दिन्छ ।”

    शनिबार, असार १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • २.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ३.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ४.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ५.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ६.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ७.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ८.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.