• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

रित्तो बोरामा च्यातिएको सपना


  •   शनिबार, जेठ ३१, २०८२ मा प्रकाशित
  • सुवास शर्मा ##

    Advertisement

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ढोका खुलेपछि एकछिन रोकिएँ । केही बेर मौन उभिएँ । गहभित्र लाज र थकानको भारी थियो । म नेपाल फर्किएको थिएँ अमेरिका पुगेर । सङ्घर्षको लामो यात्रा पार गरेर । अन्ततः विफलताको चिठी बोकेर ।

    मानिसहरूले मलाई चिहाए, केहीले अनौठो नजरले हेरे तर छिनभरमै आफ्ना बाटोतिर लागे । कोहीले चिनेनन् तर म आफैँलाई राम्ररी चिनिरहेको थिएँ । म त्यो व्यक्ति थिएँ, जसले अमेरिका पुगे पनि सपना पूरा गर्न सकेन । म त्यो थिएँ, जो बाँच्न अमेरिका गएको थियो तर फर्किंदा एक रित्तो बोरा र च्यातिएको सपना बोकेको थियो ।

    म त्यो हजारौँ युवामध्ये एक थिएँ, जसलाई आफ्नै देशले रोजगारी दिन सकेन, जसले थुप्रैपटक अगाडि बढ्ने कोसिस गऱ्यो, कहिले मिडिया, कहिले राजनीति तर सधैँ स्रोत, अवसर र समर्थनको अभावमा पछि धकेलियो ।

    ‘विदेश गएपछि केही हुन्छ’ भन्ने भ्रम मलाई पनि मिठो लाग्थ्यो र अन्ततः, अमेरिका मेरो सपना होइन, मेरो अन्तिम आशा थियो । अवैधानिक बाटो थियो तर त्यो मर्न नचाहने आत्माको बाँच्ने प्रयास थियो ।

    जङ्गल, नदी, सर्प, भोक, धोका, तस्करी—यो केवल यात्रा थिएन, यो एउटा दुस्साहस थियो । जब अमेरिकाको भूमि छुन सफल भएँ,

    एकछिनका लागि लागेको थियो, सायद नयाँ जीवनको सुरुआत भयो तर त्यो आशा चाँडै ओइलायो ।

    कागज थिएन । कानुनले चिनेन । महिनौँ हिरासतमा परेँ अनि अन्ततः एक कागज थमाइयो— ‘तिमी नेपाल फर्क । यो देश तिम्रा लागि होइन ।’

    न्युयोर्कबाट फर्किंदा मेरो शरीर मात्र होइन, आत्मा नै थकित थियो । म एक्लो थिएँ । मिडियाले अनुहार देखाएर हेडलाइन बनायो : “अवैधानिक रूपमा अमेरिका पुगेका नेपाली फर्किए ।”

    सामाजिक सञ्जालमा व्यङ्ग्यको बाढी आया : “डलर काढ्न गएकाहरू बोरा बोकेर फर्किए” तर कसैले बुझेन, म हाँस्न होइन, बाँच्न अमेरिका गएको थिएँ । मलाई महल र गाडी होइन, आत्मसम्मान चाहिएको थियो ।

    फर्किएपछि झनै गहिरो चोट लाग्यो । साथी टाढा भए । आफन्त मौन । मानौँ, म चेतावनी हुँ, ‘यस्तै हुन्छ विदेश जाँदा ।’

    कोही सोध्थे– ‘के ल्यायौ त ?’ मानौँ म किनमेल गर्न गएको थिएँ तर कसैले मेरो सङ्घर्ष, मेरो आँसु, मेरो साहस देखेन ।

    म अमेरिका पैसा कमाउन गएको थिइनँ । म मेरो अस्तित्व खोज्न गएको थिएँ । मजस्ता लाखौँ युवा छन्, जसले सपना देख्छन् तर बाटो देख्दैनन्, जसको इमानदारीलाई देशले चिन्दैन, क्षमता देख्दैन ।

    यहाँ सफलता हेर्न सकिँदैन । सहन सकिँदैन । ऊ माथि उठ्ला कि भन्ने डरले समाजले सघाउँदैन अनि यस्तै सोचले गर्दा म जस्तैहरू देश छोड्न बाध्य हुन्छन् ।

    आज म नेपालमै छु । रित्तो हात भए पनि मनमा अझै आशा बाँकी छ । म केही सानो काम गर्न चाहन्छु । सायद खेतमा, व्यापारमा तर हरेक बिहान लाग्छ, मलाई अपराधी ठानिन्छ । के म साँच्चै दोषी हुँ ?

    देश छोड्नु अपराध होइन । प्रयास गर्नु पाप होइन ।

    देशमा विदेशिने युवालाई रोक्ने रणनीति छैन, न फर्किएकालाई समेट्ने नीति । हामी अझै भ्रममा बाँचेका छौँ, ‘विदेश गयो भने सफल, फर्कियो भने असफल’ तर फर्किएको प्रत्येक अनुहार एउटा कथा हो– एक प्रयासको कथा, एक सपनाको कथा । कृपया, उनीहरूलाई तुच्छ नठानौँ । उनीहरूले प्रयास गरेका थिए ।

    हो, म अमेरिका गएँ । फर्किएँ । विफल भएँ तर म मरेको छैन । मेरो भित्र अझै आशाको झिल्को बलिरहेको छ । म अब आफ्नै देशमा केही गर्न चाहन्छु, कानुनी, इमानदार र पूर्ण नेपाली भएर ।

    रित्तो बोरामा च्यातिएको सपना बोकेर पनि म आज उभिएको छु, लाजले भरिएको तर आत्मसम्मानले बलियो । कृपया, मलाई अपराधी नबनाऊ । म देश छोडेर गएको थिएँ तर देशको माया कहिल्यै छोडेको थिइनँ ।

    अब म यहीँ छु, फेरि एकचोटि सपना बोकेर ।

    शनिबार, जेठ ३१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    • २.
      डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

    • ३.
      २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

    • ४.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • ५.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ६.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ७.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ८.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.