• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

प्रवासी नेपालीको उद्धारका नाममा विवशताको फाइदा नउठाऊः मूलप्रवाह


  •   सोमबार, जेठ १९, २०७७ मा प्रकाशित
  • काठमाडौं ।  मूलप्रवाह अखिल भारत नेपाली एकता समाजले प्रवासबाट घर फर्कने क्रममा नेपालगञ्जमा भएको सवारी दुर्घटनाप्रति दुःख ब्यक्त गरेको छ ।

    Advertisement

    समाजका अध्यक्ष दुर्गाबहादुर केसीले सोमबार एक वक्तव्य प्रकाशित गरी पैसाको लालचमा गाडीको क्षमता भन्दा अधिक यात्रीहरु भरेकोले दुर्घटना भएको हुन सक्ने आशंका गर्दै घटनाको छानबिन गर्न माग गर्नुभएको छ ।

    नेपालीहरुको उद्धारका नाममा गाडीमा कोचाकोच गरेर राख्ने, अनावश्यक भाडा लिने लगायत मजदुरहरुको विवशताको फाइदा उठाउन खोजिएको भन्दै मूलप्रवाहले आपत्ति समेत जनाएको छ ।

    सामाजिक दूरीसमेत कायम नराखी सवारी साधनमा कोचाकोच गर्दा कोरोना भाइरसको जोखिम बढ्न सक्ने वक्तव्यमा आशंका गरिएको छ ।

    यस्तो छ, मूल प्रवाहको वक्तव्यः
    ‘पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गत राती भएको गाडी दुर्घटनामा ११ जनाको घटना स्थल मै, १ जनाको भेरी अञ्चल अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु तथा २१ जना घाइते भएका छन् । मृतहरुहरुप्रति हार्दिक श्रद्धान्जली एवं घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

    विश्व नै नोवेल कोरोना भाइरस (कोविड १९) को संक्रमण र त्यसलाई रोक्न गरिएको लकडाउनको यो अवधिमा कैयौं मजदुरहरु शहरबाट गाउँतर्फ पलायन भइरहेका छन् । उनीहरु ट्रक, टिपर, टेक्टर वा बस जहाँ जे हुन्छ उपयोग गर्दै जोखिमपूर्ण यात्रा गरि आ–आफ्नो घरतर्फ फर्कन बाध्य छन् । कैयौं सवारी चालकहरुले मजदुरहरुको विवशताको फाइदा उठाउँदै नाफा कमाउन चर्काे भाडा असुली, अत्याधिक यात्रीहरुलाई जबरजस्ती कोचेर यात्रा गराइरहेका समाचारहरु पनि आइरहेका छन् । यसरी अनियन्त्रित र सामाजिक दूरीको नियमलाई समेत उल्लंघन गर्नाले एकतर्फ गाडी दूर्घटना हुने अर्को तर्फ कोरोना संक्रमण फैलिने संभावना प्रवल हुन्छ ।

    जसको ज्वलन्त उदाहरण भारतमा मजदुरी गरि रूपैडिया नाका हुँदै नेपाल प्रवेश गरेका ३३ जना मजदुरहरु बोकेको ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी नेपालगञ्जबाट दाङ हुँदै सल्यानतर्फ जाँदै गर्दा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको छ । घटनास्थलको प्रकृति हेर्दा गाडी अनियन्त्रित भई ट्रकमा ठोक्किएको सहजै अनुमान गर्न सकिन्छ । फोर्स गाडीको सिट क्षमता मात्र १५ देखि १७ सम्म मात्र हुन्छ, तर पैसाको लालचमा गाडीको क्षमता भन्दा अधिक यात्रीहरु भरेकोले दुर्घटना भएको हुन सक्छ ।

    अन्तमा : निहित स्वार्थका लागि चर्को भाडा असुली गर्ने, अत्याधिक यात्रीहरु भरेर यात्रा गराउने लगायतका कार्यहरुमा संमलग्न व्यक्ति तथा तत्वहरुहरुलाई यथासिघ्र छानविन गरि आवश्यक कार्यवाही गरिनुका साथै यसप्रकारका घटनाहरुलाई नियन्त्रण गर्न नेपाल सरकार तथा अन्य सरोकार वाला निकायहरु समक्ष माग गर्दछौं ।’
    यो पनि पढ्नुहोस्ः भारतबाट घर फर्कंदै गरेका नेपाली चढेको गाडी दुर्घटना, १२ जनाको मृत्यु, २१ घाइते

    सोमबार, जेठ १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.