खलङ्गा । २०८१ चैत २४ देखि काठमाडौँमा हुने राजधानीकेन्द्रित सङ्घीयता विरुद्धको प्रचारात्मक कार्यक्रमअन्तर्गत जाजरकोट जिल्लामा राष्ट्रिय जनमोर्चाको घरदैलो कार्यक्रम सञ्चालन भएको छ ।
Advertisement
राजमो केन्द्रीय वैकल्पीक सदस्य नरबहादुर शाहीको पहलमा उक्त घरदैलो कार्यक्रम सम्पन्न भएको हो ।
जाजरकोट जिल्लाको जुनिचाँडे, कार्कीगाउँ, काप्रा, मुजकोट, छान्मा, सुयदालगायतका गाउँबस्तीमा सञ्चालन गरिएको घरदैलो कार्यक्रममा पर्चा वितरण र सदस्यता वितरणका कार्य पनि गरिएका छन् ।
घरदैलो कार्यक्रमको सिलसिलामा नेता नरबहादुर शाहीद्वारा जनतालाई सङ्घीयता खारेज गर्नुपर्ने कारणसम्बन्धी प्रशिक्षण दिनुका साथै सङ्घीयता विरोधी काठमाडौँकेन्द्रित आन्दोलनमा सहभागी हुन अपिल गरिएको छ ।