• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

अमेरिकाले निष्काशन गरेका नौ नेपाली ५० देखि ९० लाखसम्म तिरेर पुगेका थिए


  •   बिहिबार, फागुन २२, २०८१ मा प्रकाशित
  • काठमाडौँ । संयुक्त राज्य अमेरिकाले अवैध ठहर गरी नेपाल फर्काइदिएका नौ जना नेपालीहरू ८०/९० लाख रुपैयाँ तिरेर त्यहाँ पुगेको प्रहरीले जनाएको छ ।

    Advertisement

    मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले नेपाल पुगेका व्यक्तिहरूले ८०/९० लाख रुपैयाँसम्म बुझाएर अमेरिकासम्म पुगेको बताए । त्यसबारे सोधपुछका क्रममा उनीहरूले सो खुलासा गरेका हुन् ।

    ‘उहाँहरूले सङ्केत गर्नुभएको छ। ५०/६० लाख, ७०/८० लाखसम्म इन्डिभिजुअल केस छ यसमा । त्यसमा यात्रको खर्च, खाना लगायतका खर्च पनि जोडिएको हो वा होइन अथवा कसलाई उहाँहरूले रकम बुझाउनुभयो त्यो चाहिँ विस्तृत अनुसन्धानबाट थाहा हुन्छ,’ प्रवक्ता कुँवरले भने।

    प्रहरी अधिकारीहरूका अनुसार अमेरिकाबाट बुधवार फर्काइएका नेपालीहरूमध्ये एक महिला छिन् ।

    प्रहरीका अनुसार अमेरिकाबाट निष्काशनपश्चात्‌ नेपाल आइपुगेका नेपालीहरू लुम्बिनी प्रदेशका रुकुम, रोल्पा, दाङ जिल्लाका छन् भने एक जना सुदूरपश्चिमको डोटी जिल्लाका रहेका छन्।

    ती नेपालीहरू कुन माध्यम वा बाटोबाट यात्रा गरे र कहाँकहाँ गए भन्नेबारे सोधपुछका क्रममा प्रहरीलाई बताए।

    ‘धेरैजसो यहाँबाट मध्यपूर्व, मध्यपूर्वबाट युरोप र युरोपबाट साउथ अमेरिकाको ब्राजिलसम्म पर्यटक भिसामा गएको देखियो,’ कुँवरले भने, ‘ब्रजिल पुगिसकेपछि केही व्यक्तिले एअरलाइनको टिकट खरिद गरेर मेक्सिकोसम्म पुगेका र केही मानिसहरू सडकमार्गबाट मेक्सिको सिमानासम्म पुगेका अनि अमेरिकाको लस एन्जलस र टेक्ससबाट लुकीछिपी सीमा नाघेपछि अमेरिकी सुरक्षा बलले उहाँहरूलाई नियन्त्रणमा लिएको भन्ने बुझियो।’

    बुधवार काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका नौ नेपालीलाई विमानस्थल अध्यागमन कार्यालयले सामान्य प्रक्रिया पूरा गरेपछि प्रहरीको जिम्मा लगाएको थियो । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अधिकारीहरूले आवश्यक सोधपुछ पछि बुधबारै उनीहरूलाई परिवारको जिम्मा लगाएका छन् ।

    उनीहरूमध्ये ८ जनालाई अमेरिकी चार्टड विमानमा हत्कडी लगाएर ल्याइएको थियो । यद्यपी अध्यागमनका अधिकारीहरूले यसबारे बताउन चाहेनन् ।एकजना भने आफैँ नियमित उडानबाट आएका थिए ।

    विभिन्न विवरणहरूमा जनाइएअनुसार यसअघि राष्ट्रपति जो बाइडनको कार्यकालमा झन्डै ५,००० नेपालीहरू अवैध रूपमा अमेरिका प्रवेश गरेका थिए। अमेरिकाले कागजपत्र नभएका अवैध आप्रवासीहरूलाई चरणबद्ध रूपमा सम्बन्धित देशहरूमा पठाउन थालेको छ।

    अमेरिकाको सरकारी तथ्याङ्कले आर्थिक वर्ष २०१९ देखि २०२४ सम्म कुल ३८९ नेपाली नागरिक देशनिकालामा परेको देखाउँछ।

    बिहिबार, फागुन २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.