• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सहिद टोपबहादुर कार्कीको बाइसौँ स्मृतिदिवस सम्पन्न


  •   सोमबार, पुष २९, २०८१ मा प्रकाशित
  • नेपालञ्ज । सहिद टोपबहादुर कार्कीको बाइसौँ स्मृतिदिवस सम्पन्न भएको छ ।

    Advertisement

    सहिदपत्नी पार्वती कार्कीको प्रमुख आतिथ्यमा २०८१ पुस २९ गते सोमबार बाँकेको कोहलपुरमा सो कार्यक्रम सम्पन्न भएको हो ।

    सहिदको सम्मानमा एक मिनेट मौनधारणपछि कार्यक्रममा सहभागीहरूबाट सहिद कार्कीको फोटामा माल्यार्पण गरिएको थियो ।

    कार्यक्रममा सहिद कार्कीको जीवन र उहाँको योगदानमाथि केन्द्रित रहेर प्रमुख अतिथि कार्की, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का महासचिव तुलसीराम सापकोटा र अखिल नेपाल युवक सङ्घका केन्द्रीय सल्लाहकार कृष्णराज पाण्डेले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो ।

    सो अवसरमा अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य पूर्णकला भण्डारी, राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश समितिका सदस्य भीमप्रसाद देवकोटा र अप्फा बाँकेका संयोजक तिलकराज पौडेलको आतिथ्य रहेको थियो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चा बर्दियाका सचिव लोकबहादुर रानाको अध्यक्षता तथा राजमो बाँकेका उपाध्यक्ष जगदीश ढकालको सञ्चालनमा सो कार्यक्रम रहेको थियो ।

    सहिद कार्कीको २०५९ पुस ३० गते तत्कालीन शाही सेनाले हत्या गरेको थियो । त्यति बेला सेनाले उहाँका बुबा भोजबहादुरको पनि गोली हानी निर्मम हत्या गरेको थियो । बर्दियाको राजापुरस्थित मानपुर टपरामा घरबाट दुबै बाबुछोरालाई अपहरण शैलीमा लतार्दै निकालेर सेनाले नजिकैको तोरीबारीमा पुर्‍याएर गोली हानेर उहाँहरूको हत्या गरेको थियो ।

    नेपाली सेनामा कार्यरत उहाँका छिमेकी हरिराम चौधरीले जग्गाको सीमाविवादका कारण माओवादीको आरोप लगाएर कार्कीको हत्या गराएका थिए ।

    कार्कीको हत्यापछि राजमोले देशव्यापी विरोध गरेपछि सेनाले घटनाको छानबिन गरी गोली हान्न आदेश दिने कमान्डरसहित घटनामा संलग्नलाई आन्तरिक कारबाही गरेको थियो । शाहीकालमा सेनाले गोली चलाएको घटनामा आफ्ना कमान्डर विरुद्ध कोर्टमार्सल गरेको त्यो पहिलो घटना थियो ।

    राजमोले त्यति बेलै कार्कीलाई सहिद घोषणा गरेको थियो । सहादत प्राप्त गर्ने बेलामा सहिद कार्की तत्कालीन जनमोर्चा नेपाल बर्दियाको सदस्य, अखिल नेपाल जनवादी युवा सङ्घ बर्दियाका सचिव र भेरीकर्णाली क्षेत्रीय समितिको सदस्य जस्ता जिम्मेवारीमा सक्रिय हुनुहुन्थ्यो ।

    सहिद कार्कीको परिवार निरन्तर राजमोमा संलग्न रही राजनीतिप्रति क्रियाशील रहेको अवस्था छ ।

    सोमबार, पुष २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.