बुटवल । नमस्कार ग्रुप बुटवल–१३ बेलबासको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।
ग्रुपका वरिष्ठ सदस्य ज्ञानप्रसाद खनाल तथा रामप्रसाद खनाल, विशाल खनाल, सुशीला खनाल (धिताल) का मातापिता स्मृतिशेष गोरी खनाल र तिलकराम खनालको निधन भएको पाँचौँ दिन २०८१ पुस २ गते मङ्गलबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा ग्रुपका सक्रिय सदस्य गोविन्द खनाल र टेकराज भुसालले शोकमन्तव्य राख्दै स्मृतिशेष खनाल दम्पतीको निधनले संस्थालाई अतुलनीय क्षति पुगेको बताउनुभयो ।
कार्यक्रममा ग्रुपका सक्रिय सदस्य बाबु भुसाल, हिमाल खनाल, महेन्द्र भुसाल, पुष्पा भुसाल, राधा सुवेदी, प्रकृति गौतम, प्रतीक गौतम, रेनुका भण्डारीलगायत शुभचिन्तकको उपस्थिति रहेको थियो ।
स्मृतिशेष खनाल दम्पतीको मङ्सिर २८ गते राति उपचारका लागि नयाँगाउदेखि बुटवल अस्पताल जाने क्रममा तिनाउ पुलमा दुर्घटना हुँदा निधन भएको थियो ।
