काठमाडौं । अछाममा प्रहरी सहायक निरीक्षक (असई) ले आफ्नै छातिमा गोली प्रहार गरेका छन्। प्रहरी चौकी भैरवस्थानका प्रमुख समेत रहेका किसनबहादुर चन्दले बिहीबार राति साढे ९ बजेतिर गोलि प्रहार गरेका हुन् ।
Advertisement
आफैँले बोकेको पेस्तोलबाट छातिको बाँयाभागमा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले बताए ।
घटनाको सूचना पाएलगतै डीएसपी भण्डारीसहितको टोली घटनास्थलमा पुगेर उनलाइृ उपचारका लागि सुर्खेततर्फ पठाएका थिए ।
त्यहाँबाट रिफर भएका असई चन्दको नेपालगञ्ज मेडिकल कलेजमा आईसीयूमा राखेर उपचार भइरहेको छ ।





