• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

घरमा शून्य सुत्केरी गाउँपालिका बन्यो बागलुङको बरेङ


  •   बिहिबार, असार १४, २०८१ मा प्रकाशित
  • बागलुङ । बागलुङ जिल्लाको बरेङ गाउँपालिकाका घरमा सुत्केरी शून्य गाउँपालिका घोषणा भएको छ ।

    Advertisement

    बितेको एक वर्षमा कोही पनि गर्भवती घरमा सुत्केरी भएका छैनन् । घरमै सुत्केरी हुने परम्परा हटाउन पालिकाले सुरक्षित र भरपर्दो अवस्थामा सुत्केरी हुन स्वास्थ्य संस्थामै जानुपर्ने कार्यक्रम सञ्चालन गरेर घरमा सुत्केरी शून्य गाउँपालिका घोषणा गरिएको हो ।

    बुधबार एक कार्यक्रमबीच गाउँपालिकाले घरमा सुत्केरी हुने र खोप नलगाएका बालबालिका नरहेको घोषणा गरेको हो ।

    गाउँपालिकालाई घरमा शून्य सुत्केरी र पूर्ण खोप सुनिश्चितता एकै पटक घोषणा गरिएको अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो ।

    परम्परागत रूपमा सुत्केरी हुँदा आमा र शिशु दुवै जोखिममा पर्ने हुँदा सुरक्षित र भरपर्दो अवस्थामा सुत्केरी हुन स्वास्थ्य संस्थामै जानुपर्ने कार्यक्रम सञ्चालन गरेपछि सुत्केरी हुनका लागि महिला ‘बर्थिङ सेन्टर’मा पुग्ने गर्छन् । स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरलाई आधारभूत स्वास्थ्य पूर्वाधार र जनशक्ति व्यवस्थापनमा गाउँपालिकाले लगानी गरेको थियो ।

    स्वास्थ्यकर्मी, जनप्रतिनिधि र महिला स्वयंसेविकाले अथक प्रयास गरेर गाउँपालिकालाई घरमा शून्य सुत्केरी पालिका बनाइएको अध्यक्ष शर्माले बताउनुभयो । घरमै सुत्केरी हुँदा हुने जोखिम र नवजात शिशुमा पर्ने असरबारे महिला जानकार बनेपछि स्वास्थ्यचौकीमा पुग्न थालेका छन् । सो क्षेत्रमा सबै महिलाले नियमित जाँच गर्ने र स्वास्थ्य संस्थामा गएर प्रसूति सेवा लिने गरेको उहाँले बताउनुभयो । जसबाट मातृशिशु मृत्युदर शून्यमा झरेको छ ।

    गाउँपालिकाका गर्भवतीलाई स्वास्थ्यकर्मीले मासिक रुपमा घरमै पुगेर परीक्षण गर्ने र आफ्नै वडाका बर्थिङ सेन्टरमा सुत्केरी गराउने गरेका थिए । स्वास्थ्यचौकीमा सुत्केरी गराउन समस्या रहेकालाई अस्पतालमा पठाउने गरिएको थियो । चालु वर्षमा पालिकाका एक सय ३२ सुत्केरी भएका छन् । जसमध्ये ६९ जना बर्थिङ सेन्टरमा र ६३ जना अन्यत्र अस्पतालमा सुत्केरी भएका पालिकाका स्वास्थ्य शाखा प्रमुख पदमबहादुर पुनले राससलाई बताउनुभयो ।

    गोरु पाल्ने किसानलाई नगद अनुदान
    यसैबीच, जिल्लाको जैमिनी नगरपालिकाले चालु आर्थिक वर्षमा गोरु पाल्ने तीस जना किसानलाई प्रोत्साहनस्वरूप रु दश हजारका दरले अनुदान प्रदान गरेको छ ।

    जैमिनी गाउँपालिकाको सिको गर्दै आगामी आवको नीति तथा कार्यक्रम र बजेटमा यहाँका तीन स्थानीय तहले गोरुका लागि बजेट छुट्याएका छन् । काठेखोला पालिकाले पनि गोरुका लागि बजेट विनियोजन गरेको छ । “गोरु पाल्न छोडेपछि घाँसको खपत घटेको छ, गोबर मलको अभाव हुन थालेको छ, त्यसैले हामीले गोरु पाल्नका लागि प्रोत्साहन गर्न थालेका हौँ ।”

    काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले भन्नुभयो । गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्दा परम्परागत बाली संरक्षणमा टेवा पुग्ने उहाँको तर्क छ ।

    बिहिबार, असार १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न
    डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन
    २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न
    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    • २.
      डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

    • ३.
      २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

    • ४.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • ५.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ६.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ७.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ८.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.