• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

नेपालमा सम्बन्धविच्छेदसम्बन्धी कानुनी व्यवस्था


  •   बुधबार, असार ०६, २०८१ मा प्रकाशित
  • सन्जीवकुमार श्रेष्ठ ##

    Advertisement

    प्राचीन समयमा सम्बन्धविच्छेदलाई पारपाचुके, छोडपत्र भनिन्थ्यो भने परिस्कृत रूपमा सम्बन्धबिच्छेद भन्ने गरिन्छ । यसलाई अङ्ग्रेजीमा डिभोर्स भनिन्छ । नेपाली कानुनी शब्दकोशअनुसार सम्बन्धविच्छेद भन्नाले पारपाचुके अर्थात तलाक भन्ने शब्द प्रयोग गरिएको छ ।

    सम्बन्धविच्छेदको कानुनी संरचना बृहत् भएता पनि यससम्बन्धी छुट्टै कानुन भने बनेको छैन ।

    कुनै पुरुष र महिलाले कुनै उत्सव, समारोह, औपचारिक वा अन्य कुनै कार्यबाट एकार्कालाई पतिपत्नीको रूपमा स्वीकार गरेमा विवाह भएको मानिने छ । सोही आधारमा पुरुष र महिलाबिचको सम्बन्ध पतिपत्नीको रूपमा नातासम्बन्ध जोडिन्छ । त्यसैगरी सम्बन्धविच्छेदबाट सोही पतिपत्नीबिचको नातासम्बन्ध तोडिन्छ ।

    स्पष्ट रूपमा भन्ने हो भने पति र पत्नीबिच कुनै पनि प्रक्रियाद्वारा जोडिएको वैवाहिक सम्बन्ध, सामाजिक र कानुनी मान्यताअनुरूप पतिपत्नीबिचको नातासम्बन्धको छोडपत्र नै सम्बन्धविच्छेद हो अर्थात् वैवाहिक कानुनअन्तर्गत कानुनको रीत पुर्‍याई विवाहित दम्पतिले आफूहरूलाई सो दाम्पत्य जीवनबाट अलग्याउनु वा त्यस्तो दाम्पत्य जीवनको अन्त्य गर्नु नै सम्बन्धविच्छेद हो ।

    सम्बन्धविच्छेदपछि पतिपत्नीको अस्तित्व कानुनी रूपमा समाप्त गरी दुवै पक्षलाई स्वतन्त्रता प्राप्तिको लागि चालिने कानुनी हक नै सम्बन्धविच्छेद हो ।

    नेपालको कानुनी व्यवस्थालाई नियाल्दा महिला र पुरुषले स्वतन्त्रताको अधिकारको अभ्यास गर्न पाएको भन्ने तथ्य सजिलै अनुमान गर्न सकिन्छ किनकि सम्बन्धबिच्छेद गर्नु भनेको आफ्नो स्वतन्त्रताको अभ्यास गर्नु पनि हो । नेपालको संविधान–२०७२ को धारा १६ मा सम्मानपूर्वक बाच्न पाउने हक, धारा १८ मा समानताको हक, धारा २९ मा शोषण विरुद्धको हक, धारा ३८ मा महिला हकसम्बन्धी व्यवस्था ग्यारेन्टी गरेको छ ।

    नेपालमा सम्बन्धविच्छेदको प्रावधान प्राचीन समयदेखि नै रहेको पाइन्छ । औपचारिक रूपमा भने विसं १९१० को मुलुकी ऐनमा यससम्बन्धी व्यवस्था रहेको थियो । उक्त व्यवस्था मुलुकी ऐन–२०२० मा पनि जारी गरिएको मुलुकी ऐनमा “लोग्नेस्वास्नीको महल’ अन्तर्गत राखिएको थियो । नेपालमा आर्थिक, सामाजिक, धार्मिक कारणले तथा विदेशी संस्कृतिको देखासिकीका कारण पनि सम्बन्धविच्छेद हुने गरेको पाइन्छ ।

    विसं २०७४ सालसम्म महिलाले मात्र सिधै अदालतमा सम्बन्धविच्छेदको लागि निवेदन दिन पाउने व्यवस्था रहेकोमा मुलुकी देवानी संहिता–२०७४ मा लागु भएपछि पुरुषले पनि सम्बन्धविच्छेदको लागि निवेदन दिन पाउँछन् । मुलुकी ऐनमा भएको पत्नीलाई निको नहुने यौनसम्बन्धी कुनै रोग लागेमा पतिले त्यस्ती पत्नीसँग सम्बन्धविच्छेद गर्न पाउँछ भन्ने व्यवस्थालाई हटाएको छ । चिकित्सा विज्ञानमा प्राप्त भएका नयाँ नयाँ सफलतासँगै निको नहुने रोग हुँदैन भन्ने अनुमान गरी विधायिकाले यस्तो व्यवस्था हटाएको अनुमान गर्न सकिन्छ ।

    त्यसैगरी, पत्नीले पतिलाई खानलाउन नदिएमा वा घरबाट निकाला गरेमा पतिले त्यस्ती पत्नीसँग सम्बन्धविच्छेद गर्न पाउँछ भन्ने व्यवस्थालाई थप गरेको छ ।

    मुलुकी देवानी संहितामा पतिले सम्बन्धविच्छेद गर्न पाउने आधारमा “पत्नीले पतिलाई खानलाउन नदिएमा वा घरबाट निकाला गरेमा” भन्ने व्यवस्था थप भएको अनुमान गर्न सकिन्छ ।

    त्यस्तै, मुलुकी देवानी संहितामा “पति नपुंसक हुन गएमा” र “पतिलाई निको नहुने यौ सम्बन्धी कुनै रोग लागेमा” भन्ने दुई आधारमा सम्बन्धविच्छेद गर्न पाउने व्यवस्था झिकिएको छ ।

    मुलुकी देवानी संहिता–२०७४ को दफा ७०६ ले विदेशमा भएको सम्बन्धविच्छेदलाई मान्यता दिएको छ । नेपाली नागरिकबिच वा नेपाली नागरिक र विदेशीबिच विदेशमा सम्बन्धविच्छेद भएकोमा सम्बन्धविच्छेद भएको मुलुकको कानुनबमोजिम त्यस्तो सम्बन्धविच्छेद भएको रहेछ भने त्यस्तो सम्बन्धविच्छेदले नेपालको कानुनबमोजिम मान्यता पाउने छ र त्यस्तो कार्यान्वयन हुन सक्ने छ ।

    पुरानो मुलुकी ऐनलाई विस्तावित गरी हाल मुलुकी देवानी संहिता–२०७४ लागु भएको छ । उक्त संहिताको खण्ड–एक : मुलुकी देवानी संहिता, २०७४ को भाग–३, परिच्छेद–३ मा सम्बन्धविच्छेदसम्बन्धी व्यवस्था रहेको छ । उक्त कानुनी व्यवस्थालाई हेर्दा दफा ९३ देखि दफा १०४ सम्म उल्लेख गरिएको छ जसमा सम्बन्धविच्छेद गर्न चाहने दुवै पक्षको मन्जुरीमा सम्बन्धविच्छेद हुने छ भने पतिपत्नी (लोग्नेस्वास्नी) दुवैले चाहेमा जहिलेसुकै पनि सम्बन्धविच्छेद गर्न सक्ने छन्/पाउने छ ।

    यदि पति (लोग्ने वा श्रीमान) ले पत्नी (स्वास्नी वा श्रीमती) सँग सम्बन्धविच्छेद गर्न चाहेमा पत्नी (स्वास्नी वा श्रीमती) मन्जुरी नभए पनि सम्बन्धविच्छेद गर्न सक्ने कानुनी आधार यस्ता छन् :

    कानुनबमोजिम अंश लिई वा मानो छुट्टिई पतिपत्नी भिन्न बसेको अवस्थामा बाहेक पत्नीले पतिको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा, पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, पत्नीले पतिको अ·भ· हुने वा अरू कुनै ठुलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जालप्रपञ्च गरेमा, पत्नीले अन्य पुरुषसँग यौनसम्बन्ध राखेको ठहरेमा ।

    त्यस्तै, पत्नी (स्वास्नी वा श्रीमती) ले पति (लोग्ने वा श्रीमान) सँग सम्बन्धविच्छेद गर्न चाहेमा पति (लोग्ने वा श्रीमान) मन्जुरी नभए पनि सम्बन्धविच्छेद गर्ने सक्ने कानुनी आधार यस्ता छन् :

    कानुनबमोजिम अंश लिई वा मानो छुट्टिई पतिपत्नी भिन्न बसेको अवस्थामा बाहेक पतिले पत्नीको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा, पतिले पत्नीलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, पतिले पत्नीको अ·भ· हुने वा अरू कुनै ठुलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा, पतिले अर्को विवाह गरेमा, पतिले अन्य महिलासँग यौनसम्बन्ध राखेको ठहरेमा, पतिले पत्नीलाई जबरजस्ती करणी गरेको ठहरेमा ।

    माथि उल्लेख भएअनुसार पति (लोग्ने वा श्रीमान) र पत्नी (स्वास्नी वा श्रीमती) बिचमा सम्बन्धविच्छेद गर्न सकिने कानुनी आधारमा दुवै पक्षले अर्थात् पतिपत्नीले सम्बन्धविच्छेद गर्न चाहेमा सम्बन्धित जिल्ला अदालतमा निवेदन गर्नुपर्ने छ । यस सम्बन्धमा जिल्ला अदालतबाहेक अन्य अर्धनिकायलाई यस सम्बन्धमा निवेदन लिने निर्णय गर्ने अधिकार छैन । सम्बन्धविच्छेद गर्न चाहने पति वा पत्नीले सम्बन्धित जिल्ला अदालतमा निवेदन दिनुपर्ने छ । निवेदन परेमा सम्बन्धित जिल्ला अदालतले दुवै पक्षलाई भरसक सम्झाइबुझाइ मेलमिलाप गराउनु पर्ने छ ।

    दुवै पक्षलाई सम्झाउँदा–बुझाउँदा मेलमिलाप गराउन नसकेमा र विवाह कायम राख्नुभन्दा सम्बन्धविच्छेद हुन उपयुक्त देखेमा अदालतले निजको सम्बन्धविच्छेद गरिदिनुपर्ने छ साथै पति र पत्नीले मन्जुर नगरेमा निवेदन परेको एक वर्षपछि अदालतले सम्बन्धविच्छेद गराइदिन सक्ने छ भने पतिको कारणबाट पतिपत्नीबिच सम्बन्धविच्छेद हुने अवस्थामा पत्नीले माग गरेमा सम्बन्धित अदालतले सम्बन्धविच्छेद गर्नु अघि पतिपत्नीबिच अंशबन्डा गर्न लगाउनुपर्ने छ ।

    पत्नीले सम्बन्धविच्छेद गर्न पत्नीले सम्बन्धविच्छेदको लागि निवेदन गरेकोमा पतिको कारणबाट सम्बन्धविच्छेद हुने अवस्था भएको मानिने छ ।

    सगोलको सम्पत्ति पतिपत्नी दुवैको नाममा वा पतिपत्नीमध्ये कुनै एकको नाममा रहेछ भने सम्बन्धविच्छेद हुनुअघि निजहरूबिच कानुनबमोजिम त्यस्तो सम्पत्तिको अंशबन्डा गर्नुपर्ने छ ।

    सम्बन्धविच्छेद हुने पतिले नै बाबु वा अन्य अंशियारबाट अंश लिइनसकेको भए अदालतले दुवै पक्षबाट अंशियार खुलाउन लगाई र अंशबण्डा गर्ने, अन्य अंशियार भएमा त्यस्ता अंशियारलाई समेत बुझ्नुपर्ने भए बुझी निजबाट अंशको फाँटवारी माग गरी पतिपत्नीको अंश छुट्याई अंशबण्डा गराइदिनुपर्ने छ । अंशबण्डा गर्दा लामो समय लाग्ने देखिएमा अदालतले पतिपत्नीबिच सम्बन्धविच्छेद गरी अंशबण्डा नभएसम्मको लागि पतिको सम्पत्ति र आयस्ताको आधारमा पतिबाट पत्नीलाई मासिक खर्च भराइदिन सक्ने छ तर त्यसरी अंशबण्डा नहुँदै त्यस्ती महिलाले अर्को विवाह गरेमा अंश पाउने छैन ।

    पतिले खान लगाउन नदिई घरबाट निकाला गरेमा, अ·भ· वा कुनै ठुलो शारीरिक वा मानसिक कष्ट हुने काम वा जाल प्रपञ्च गरेमा, पत्नीले अन्य पुरुषसँग यौनसम्बन्ध राखेको ठहरेको आधारमा सम्बन्धविच्छेदको लागि निवेदन गरेकोमा पत्नीलाई अंश दिन वा खर्च भराउन पति बाध्य हुने छैन ।

    सम्बन्धविच्छेद हुने पत्नीले अंश नलिई पतिसँग एकमुष्ठ रकम वा वार्षिक वा मासिक रकम वा खर्च भराइलिन चाहेमा अदालतले पतिको सम्पत्ति वा आम्दानीको आधारमा त्यस्ती पत्नीलाई एकमुष्ठ रकम दिलाई दिन वा वार्षिक वा मासिक रूपमा रकम वा खर्च भराई दिन सक्ने छ तर त्यस्ती पत्नीले अर्को विवाह गरेमा त्यस्तो रकम वा खर्च दिनुपर्ने छैन ।

    अंशबण्डा गर्नुपर्दा कुनै सम्पत्ति नभई पतिबाट अंश नपाएकी पत्नीले पतिबाट खानलाउन खर्च भराउन चाहेमा र पतिको आम्दानी भएमा अदालतले त्यस्ती पत्नीलाई सम्बन्धविच्छेद भएको पतिको आम्दानीको आधारमा खानलाउने खर्च भराइदिन सक्ने छ तर त्यस्ती पत्नीले अर्को विवाह गरेमा त्यस्तो खर्च दिनुपर्ने छैन ।

    पतिको भन्दा पत्नीको आम्दानी बढी भएमा त्यस्तो खर्च दिनुपर्ने छैन । पतिपत्नीबिच सम्बन्धविच्छेद हुँदा पत्नीले पाउने अंश वा खर्चको सम्बन्धमा पतिपत्नीबिच कुनै लिखित सहमति भएकोमा सोहीबमोजिम हुने छ तर नाबालकको हित विपरीत हुने गरी कुनै सहमति गर्न सकिने छैन ।

    सम्बन्धविच्छेद गरेकी महिलाको मृत्यु भएमा निजको सम्पत्ति निजका छोराछोरी भए त्यस्ता छोराछोरीले र छोराछोरी नभए पूर्व पतिबाट पाएको सम्पत्ति त्यस्ता पतिले र अन्य सम्पत्ति माइतीपट्टिका हकवालाले पाउने छ ।
    सम्बन्धविच्छेदसम्बन्धी हदम्याद सम्बन्धमा यस परिच्छेदबमोजिम भएगरेको कामकारबाहीबाट मर्का पर्ने व्यक्तिले मुद्दा गर्नुपर्ने कारण

    उत्पन्न भएको मितिले वा थाहा पाएको मितिले तीन महिनाभित्र नालिस वा उजुर गर्न सक्ने छ अन्यथा हदम्याद नाघेमा कहिँ कतै उजुरबाजुर लाग्ने छैन ।

    बुधबार, असार ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.