वीरेन्द्रनगर । राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेश समितिका सदस्य नरबहादुर सिंहका पिता माधवर सिंहको निधन भएकोमा राजमोको कर्णाली प्रदेश समितिले श्रद्धाञ्ज्ली व्यक्त गरेको छ ।
Advertisement
प्रदेश अध्यक्ष पूर्णबहादुर शाहीको हस्ताक्षरमा २०८१ जेठ ३० गते बुधबार शोकवक्तव्य जारी गर्दै उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरिएको हो ।
२०१३ वैशाख १ गते जन्मनुभएका माधवर सिंहको गत यही २०८१ जेठ १८ गते निधन भएको थियो ।
शोकवक्तव्यमा उहाँ राजमोको निष्ठावान् सदस्य भएको जानकारी दिँदै भनिएको छ– “उहाँको निधनले पार्टी र क्रान्तिलाई ठुलो क्षति हुन पुगेको छ । उहाँको मृत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्न सक्ने शक्ति मिलोस्, गहिरो समवेदना प्रकट गर्दछौँ ।”
