• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

लकडाउनमा जीवन धान्न विकल्पको खोजीमा सर्वसाधारण


  •   बुधबार, बैशाख १०, २०७७ मा प्रकाशित
  • विक्रम गिरी,काठमाडौं ।
    कालिकोटको सुकुटेका रतन परियार लकडाउनअघि कालिमाटीको एउटा पसलमा काम गर्नुहुन्थ्यो । जडीबुटीमा बस्दै आउनुभएका उहाँकी श्रीमती रामकुमारीले तरकारी बेच्नुहुन्थ्यो । त्यतिबेलासम्म जेनतेन गुजारा चलेकै थियो । लकडाउनपछि छ जनाको परिवारलाई हातमुख जोर्न समस्या भयो । अहिले परिवारका सबै जना मनोहरा खोला छेउमातरकारी उत्पादनमा लागिपरेका छन् । उनीहरु तरकारी उत्पादनदेखि बिक्रीसम्मको काम गर्दै आएका छन् ।

    Advertisement

    ओखलढुंगा चिसंखुगढीका धनराज ठकुरी तीन वर्षदेखि मनहोरा खोला किनारमा बाख्रापालन गर्दै आउनुभएको छ । अहिले लकडाउनमा उहाँको व्यवसाय ठप्प छ । ठकुरी परिवारलाई जीविकोपार्जन गर्न गाह्रो भएको छ । त्यसैले उनीहरु पनि मनोहोरा छेउछाउ तरकारी उत्पादन तथा बिक्रीमा जुटेका छन् । उहाँको खोरमा २२ खसीबाख्रा छन् । लकडाउनयता उहाँकोमा कोही पनि खसीबाख्रा किन्न आउनुभएको छैन । ‘तरकारी बिक्रीको पैसाले घर खर्च चलाउन सजिलो भएको छ’, ठकुृरीले भन्नुभयो ।

    जडीबुटीदेखि मुलपानीसम्मको क्षेत्रमा मनहोरा वारिपारि दुवैतर्फ अहिले सर्वसाधारण धमाधम तरकारी उत्पादन तथा बिक्रीमा जुटेका छन् । यो सबैथोक गर्दा उनीहरुले सरकारले घोषणा गरेको लकडाउनको उत्तिकै ख्याल गरेका छन् । ‘खेतमा काम गर्न खासै समस्या छैन’, सनसिटीवारि तरकारी लगाउँदै गरेका परियारले भन्नुभयो, ‘तरकारी बिक्री गर्न पहिलाको जस्तो सहज छैन, निश्चित समयमा तरकारी बजारमा लगेर बिक्री गरिसक्नुपर्छ ।’ सनसिटीमा कोरोना भाइरसबाट सङ्क्रमित व्यक्ति फेला पर्नुअघि परियार परिवारले त्यहीँ वरपर तरकारी बेच्ने गर्दथ्यो । अहिले उक्त क्षेत्रमा पहिलाको जस्तो तरकारी बिक्री गर्न नदिएको परियारले बताउनुभयो । ‘अचेल तरकारी बजारमा लगेर बिक्री गर्छु’, एक दशकदेखि काठमाडौँमा मजदुरी गर्दै आउनुभएका परियारले भन्नुभयो ।

    कोरोना भाइरसको संक्रमण फैलिने खतरालाई ध्यानमा राख्दै स्थानीय प्रहरी प्रशासनले तरकारी बजार बिहान दुई तीन घण्टा मात्र खोल्ने अनुमति दिएको छ । तोकिएको समयमा उपभोक्ता र व्यवसायीले खरिद बिक्री गरिसक्नुपर्छ । अहिले मनहोरा खोलाको दुवैतर्फ फाँटमा सयौँ व्यक्ति तरकारी उत्पादनदेखि बिक्रीवितरण गरिरहेका भेट्टिन्छन् । उनीहरु अधिकांशको आर्थिक अवस्था कमजोर छ । लकडाउनअघि विभिन्न ठाउँमा मजदुरी गर्दै आएका सर्वसाधारणले अहिले जीविकोपार्जनका लागि तरकारी लगाउने तथा उत्पादित तरकारी बिक्री गर्दै आएका छन् ।

    लकडाउनको समयमा जीविकोपार्जनका लागि उनीहरुले जुक्ति निकालेका हुन् । काठमाडौं महानगरपलिका–३२ की अनिता घिमिरे तरकारी बिक्रीबाट दैनिक रु ५०० सम्म आम्दानी हुने गरेको बताउनुहुन्छ । ‘जेनतेन घर खर्च चलाउनका लागि पुगेकै छ’, उहाँले भन्नुभयो । साँझ बिहान तरकारी किन्न उपभोक्ता खेतमै पुग्ने गरेका छन् । अरु बेला भने प्रहरीले दिँदैन । सो क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । ‘हामीले खेतमा भीडभाड हुन दिएका छैनौँ’ त्यहाँ खटिएका एक प्रहरीले भन्नुभयो, ‘निश्चित दूरी कायम गराएर मात्रै किनबेच गर्न दिन्छौँ ।’

    महानगरीय प्रहरी परिसर काठमाडौँका निमित्त प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले उपत्यकामा तरकारी बिक्री वितरण सहजरूपमा भइरहेको जानकारी दिनुभयो । ‘बिक्री वितरणमा कुनै समस्या आएका छैन, हामीले यसलाई व्यवस्थित पारेका छौँ’, उहाँले भन्नुभयो ।

    अहिले उपत्यकाका ११ ठाउँबाट तरकारी बिक्री वितरण भइरहेको राठौरले बताउनुभयो । ‘तरकारी ढुवानी तथा बिक्री वितरणको समय बिहान २ बजेदेखि ८ बजेसम्म तोकेका छौँ’, उहाँले भन्नुभयो । लकडाउनअघि विभिन्न व्यवसाय गर्दै आएकाहरुले पनि अहिले तरकारी किनबेचको काम गर्न थालेको उहाँले बताउनुभयो ।

    बुधबार, बैशाख १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.