• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

उदयपुरका जमातीमा कोरोना संक्रमण देखिएपछि काठमाडौंका मस्जिद अनुगमन


  •   मङ्गलबार, बैशाख ०९, २०७७ मा प्रकाशित
  • काठमाडौं । जमातीहरु रहेको हुन सक्ने भन्ने आशंकामा आज काठमाडौंका चार वाटा मस्जिदहरुमा अनुगमन भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी, मानवअधिकार आयोगकी मोहना अन्सारी, प्रहरी नायब महानिरीक्षक (डीआइजी) विश्वराज पोखरेललगायतको टोलीले रत्नपार्कस्थित नेपाली जामे मस्जिद, कास्मिरी मस्जिद र सुनधारा र स्वयम्भूस्थित भूँइखेलका मस्जिदको अनुगमन गर्नुभएको हो ।

    Advertisement

    वीरगञ्ज–२ छपकैया स्थित जामे मस्जिदमा बस्दै आएका केहीमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसको केही दिनपछि उयपुरको भुल्केमा रहेको एउटै मस्जिदमा बस्दै आएका १६ जनामध्ये १२ जनालाई कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । दुवै ठाउँका मस्जिदमै बसेकाहरुमा कोरोना पोजेटिभ देखिएपछि अन्य मस्जिदहरुमा पनि जमातीहरु बस्न सक्ने र उनीहरु कोरोना संक्रमित हुन सक्ने भन्दै विभिन्न सञ्चार माध्ययममा समाचार आइरहेका बेला मुस्लिम समूदायको सबै भन्दा बढी भीडभाड हुने यी चार स्थानको अनुगमन गरिएको हो ।

    काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आज राजधानीका चार स्थानको अनुगमन गरेको र ती स्थानहरुको अवस्था सामान्य रहेको जानकारी दिनुभयो ।

    ‘वीरगञ्ज र उदयपुरका मस्जिदमा बसेका केहीमा कोरोना संक्रमण पुष्टि भएसँगै राजधानीका पनि विभिन्न मस्जिदमा जमातीहरु विना सूचना बसेका हुन सक्ने आशंकापछि आज रत्नपार्कस्थित नेपाली जामे मस्जिद, कास्मिरी मस्जिद र सुनधारा र स्वयम्भूस्थित भूँइखेलका मस्जिदको अनुगमन गरिएको छ,’ प्रमुख शाक्यले भन्नुभयो, ‘कतिपय सञ्चारमाध्ययम र सामाजिक सञ्जालमा अहिले पनि ती मस्जिदहरुमा नवाज पढ्ने काम निरन्तर भैरहेको भन्ने आशंकालाई मध्यनजर गर्दै हामीले अनुगमन गरेका हौँ ।’

    प्रमुख शाक्यले काठमाडौं महानगरपालिकाले विभिन्न समयमा मनाइने पाहाँचः-यहे, घोडेजात्रा, सेतो मछिन्द्रनाथको रथयात्रा लगायतका जात्रा पर्वहरूलाई मौलिक परम्परा, संस्कृति र सम्पदाको जगेर्ना गर्दै भीडभाडमा ती जात्रापर्व नमनाउन यस अघि नै अपिल गरेको जानकारी दिदैँ मस्जिदहरुमा पनि यो विषम परिस्थितिमा नवाज पढ्नेलगायतलाई स्थगन गर्न पहिल्यै आग्रह गरेको जानकारी दिनुभयो ।

    ‘हामीले पहिल्यै सम्वन्धित निकायसँग आग्रह गरेका थियौँ,’ उहाँले भन्नुभयो, ‘आज हामीले अनुगमन गर्दा पनि त्यस्तो भिडभाड गर्ने, नवाज पढ्ने गरेको अवस्था देखिएन । दुई ओटा मस्जिदमा धर्मगुरु, नियमित सरसफाई गर्ने, खाना बनाउनेलगायतका काम गर्ने आठ–आठ जना मात्रै रहेको पाइयो । सुन्धारा र स्वयम्भूमा त अझ त्यो भन्दा कम संख्यामा रहेको पाइयो ।’

    उहाँले बाहिरबाट कोही नयाँ व्यक्ति मस्जिदमा आएको जानकारी पाउने वित्तिकै वडाका जनप्रतिनिधि वा प्रहरीलाई खवर गर्न आग्रह गरेको पनि जानकारी दिनुभयो ।

    ‘मुस्लिम आयोगका अध्यक्षलगायतले पनि नियमित बस्ने बाहेक कसैलाई प्रवेश नदिएको र नियमित शुक्रबार नवाज पढ्ने कुरालाई पनि सूचना टाँसेर नै स्थगन गरेको जानकारी दिनुभयो,’ प्रमुख शाक्यले भन्नुभयो,’ ‘अनुगमनका क्रममा त्यहाँ देखिएको सुनसान अवस्थाले पनि महानगरवासीलाई ढुक्क हुने वातावरण निर्माण भएको छ ।’

    उहाँले अनुगमन नियमित गर्न आग्रह गरेको पनि जानकारी दिनुभयो ।  मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले पनि उपत्यकामा सबै भन्दा बढी मुस्लिम समूदायको भिडभाड हुने चार मस्जिदको अनुगमन गरेको जानकारी दिनुभयो ।
    ‘आज हामीले नेपालको सबै भन्दा ठूलो र पुरानो जामे मस्जिदसँगै अन्य तीन मस्जिदको अनुगमन गरेका छौँ,’ अध्यक्ष अन्सारीले भन्नुभयो, ‘विभिन्न सञ्चारमाध्ययममा समाचार आएपछि मुस्लिम आयोगले मेरो अध्यक्षतामा पूर्वमन्त्री, मानव अधिकार आयोगका सदस्य, धर्मगुरुलगायत रहेको सात सदस्यीय केन्द्रीय अनुगमन समिति बनाएको छ । त्यो समितिले निरन्तर अनुगमन गरिरहेको छ ।’

    उहाँले अनुगमनकै लागि उपत्यकामा समेत समिति बनाएको र त्यसले पनि निरन्तर अनुगमन गरिरहेको जानकारी दिनुभयो ।

    ‘जामे मस्जिदमा मात्रै नियमित शुक्रबार करीब ६ देखि ८ हजार नवाजीहरु आउने गर्नुहुन्थ्यो । स्वयम्भूको मस्जिदमा पनि २–३ हजार नवाजी आउने गर्नुहुन्थ्यो । सुनधारमा पनि चार–पाँ सय आउने गर्नुहुन्थ्यो । अहिले ती चार वटै मस्जिद सुनसान छन् । दैनिक काम गर्ने र धर्मगुरु बाहेक कोही पनि छैनन् । बाहिरबाट आउने कसैलाई पनि त्यहाँ प्रवेश दिइएको छैन ।’

    अनुगमनका क्रममा लकडाउन अवधिभर कसैलाई पनि प्रवेश नदिन, पाहुनालाई पनि बास नदिनु, नवाज पढ्न आउनेलाई पनि गेट नखोल्नु भनी पुनः निर्देशन दिएको भन्दै लकडाउनको पूर्ण पालना भएको उहाँले जानकारी दिनुभयो ।

    ‘अनुगमनपछि म मुस्लिम आयोगको अध्यक्षको नाताले पनि सबैलाई ढुक्कका साथ भन्नसक्छु । अहिलेको अवस्थामा उपत्यकाका कुनै पनि मस्जिदमा जानकारी नदिइ कोही पनि बसेको छैन,’ उहाँले भन्नुभयो, ‘भारत र पाकिस्तानबाट आएर उपत्यकामा रहनु भएका जमाती पनि अहिले लकडाउनको पूर्ण पालना गर्दै जिल्ला प्रशासन र वडा कार्यालयको निगरानीमा क्वारेन्टायनमा बस्नुभएको छ ।

    कुनै पनि जमाती विना जानकारी बस्नुभएको छैन । सबैले लकडाउनको पालना गर्नुपर्छ । अहिलेको महामारीमा देशलाई जोगाउनु सबै भन्दा ठूलो कुरा हो ।’

    मङ्गलबार, बैशाख ०९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ४.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ५.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ६.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ७.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ८.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.