बागलुङबजार । अखिल (छैठौं) बागलुङले जिल्लाका दशओटै पालिकामा सम्मेलन तथा प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।
Advertisement
केन्द्रीय अध्यक्ष देवेन्द्र कुँवरको उपस्थितिमा २०८१ जेठ १४ गते आइतबारदेखि उक्त कार्यक्रम सुरु भएको हो ।
अभियानको पहिलो दिन जेठ १४ गते जैमिनी नगरपालिकाको कुश्मीशेरामा अगुवा प्रशिक्षण भेला सम्पन्न भएको छ ।
भेलामा अध्यक्ष कुँवरका साथै अखिल (छैठौं) का पूर्व महासचिव तथा राजमो बागलुङका सचिव भीमलाल पोखरेल, जैमिनी नगरप्रमुख नरबहादुर पुन, राजमो जिल्ला सदस्य दिलबहादुर श्रीस, राजमो नेता ठाकुरप्रसाद शर्मा, अखिल नेपाल युवक सङ्घ बागलुङका उपाध्यक्ष श्रीप्रसाद थापालगायतले प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो ।
अखिल (छैठौं) बागलुङका अनुसार भोलि जेठ १५ गते बरेङको पालिका सम्मेलन हुने छ भने जेठ १८ गते जैमिनी पालिका सम्मेलन कुश्माबजारमा आयोजना गरिएको छ ।