शङ्करप्रसाद पोख्रेल, बुटवल ।
Advertisement
सहकारी ठगी विरुद्ध राष्ट्रिय जनमोर्चाले रुपन्देहीको बुटवलमा कोणसभा सम्पन्न गरेको छ ।
“सहकारी पीडितलाई न्याय दे झ्, वचतकर्ताको रकम फिर्ता गर झ् मूल नाराका साथ २०८१ जेठ १४ गते बुटवलको पुष्पलाल पार्कमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कोणसभामा बोल्दै राजमो केन्द्रीय सल्लाहकार बद्रे आलमले देशको छानबिन गर्ने निकायहरू नै सहकारी ठगको आरोप लागेका व्यक्तिलाई बचाउन लागेको दाबी गर्नुभयो ।
नेता आलमले देशको गृहमन्त्रीमाथि नै सहकारी ठगको आरोप लाइरहँदा सरकार रमिते मात्र नभई बचाउमा उत्रिनु लज्जास्पद भएको बताउनुभयो ।
कार्यक्रममा राजमो रुपन्देहीका अध्यक्ष टानबहादुर केसी र नेकपा (मसाल) रुपन्देहीका प्रवक्ता लालचन्द पन्थले पनि मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन राजमो रुपन्देहीका सचिव कृष्णप्रसाद पोख्रेलले गर्नुभएको थियो ।
