भारतपुर । नारायणगढ–मुग्लिन सडक खण्डको १७ किलोमा मध्यराति पाँचओटा सवारी साधन एकआपसमा ठोक्किएका छन् ।
चितवनको भरतपुर महानगरपालिका वडा नं. २९ स्थित १७ किलोमा राति १२ः३० बजेको समयमा तीन वटा बस र दुईओटा ट्रक एकआपसमा ठोक्किएको हो ।
हाइवे समाचार डट कमका अनुसार मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको बा४ ख९०८६ नम्बरको यात्रुवाहक बससँग विपरीत दिशाबाट आउँदै गरेको बा३ ख७९१५ नम्बरको मालवाहक ट्रक ठक्कर खाएको थियो । उक्त ट्रकको पछाडि ना६ ख८९६८ नम्बरको बस र सो बसलाई ना३ ख५९३६ नम्बरको मालबाहक ट्रकले ठक्कर दिएको हो ।
त्यस्तै, मुग्लिनबाट जाँदै गरेको यात्रुवाहक बसलाई सोही दिशातर्फ जाँदै गरेको ना४ ख३२४८ नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटना भएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारी नेतृत्वको टोली दुर्घटनास्थल पुगेका थिए ।
दुर्घटनमा परेकाको उद्धार गरी २३ जना घाइतेलाई उपचारको लागि कुरिनटारस्थित आधारभूत अस्पताल र भरतपुर लगिएको इलाका प्रहरी कार्यालय मुग्लिनको सञ्चार शाखाले जानकारी दिएको छ ।
उद्धार गरिएकामध्ये दुई जनाको मृत्यु भएको र मृतक र घाइतेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारण मुग्लिन नारायणढ सडक पूर्ण रूपमा अवरुद्ध भएकोमा जेसिभीको प्रयोग गरी दुर्घटनामा परेका सवारी साधनलाई हटाई राजमार्ग एकतर्फी सञ्चालनमा रहेको छ ।
मृतक : हाल नामथर वतन नखुलेको बर्ष अं.१६।१७ को पुरुष ।
घाईतेहरु :
१. जि.प्युठान नौबैईनी गा.पा.७ बस्ने बर्ष २८ को सुधन के.सी.मध्यम
२. जि.प्युठान प्युठान न.पा.१० बस्ने बर्ष ३६ को निरज के.सी.मध्यम ।
३. जि.प्युठान मलारानी गा.पा २ बस्ने बर्ष ३६ की निर्मला भुषाल गम्भिर ।
४. जि.प्युठान गौमुखी गा.पा.७ बस्ने बर्ष २५ को सुरज सुनार मध्यम (हाल परिसर ललितपुर काठमाण्डौमा कार्यरत प्रहरी जवान भन्ने बुझिएको)
५. जि.अर्घखांची सितगंगा न.पा.८ बस्ने बर्ष २९ की पबित्रा दर्लामि सामान्य ।
६. जि.प्युठान झिम्रुम न.पा. ७ बस्ने बस्ने बर्ष २८ को पुरन गिरि मध्यम ।
७ जि.प्युठान प्युठान न.पा.८ बस्ने बर्ष २० को समिर के एम मध्यम ।
८. जि.प्युठान सारुमहारानी गा.पा.४ बस्ने बर्ष ३६ को तारापती बुढाथोकी मध्यम ।
९.जि.प्युठान सारुमहारानी गा.पा.४ बस्ने बर्ष ३५ की मुनादेवि बुढाथोकी मध्यम ।
१०. जि.प्युठान एरावती गा.पा.६ बस्ने बर्ष ५६ की मनदेवि थापा गम्भिर ।
११. जि.प्युठान बस्ने बर्ष ६० को पदम थापा सामान्य ।
१२. जि.प्युठान प्युठान न.पा १० बस्ने बर्ष २१ को सुशिल के.सी.मध्यम ।
१३. जि.प्युठान प्युठान न.पा. ४ बस्ने बर्ष बर्ष १७ की प्रतिभा भण्डारी मध्यम ।
१४. जि.प्युठान प्युठान न.पा.८ बस्ने बर्ष १८ की सलिसा थापा मध्यम ।
१५. जि.प्युठान प्युठान न.पा.१ बस्ने बर्ष ३८ को प्रकास के.सी. मध्यम ।
१६. जि.प्युठान प्युठान न.पा.८ बस्ने बर्ष ५३ की पार्वता के.सी मध्यम ।
१७. जि.प्युठान नेबईनी गा.पा.३ बस्ने बर्ष ३२ को गौरव झाक्री अबस्था गम्भिर ।
१८. जि.प्युठान गौमुखि गा.पा ३ बस्ने बर्ष २९ को दिपक सुनार सामान्य ।
१९. जि.अर्घाखाँची सितगंगा न.पा.८ बस्ने बर्ष ४९ लाम बहादुर दर्लामी मध्यम ।
२०.जि.प्युठान प्युठान न.पा.८ बस्ने बर्ष २५ को सन्तोष के.सी. गम्भिर ।
२१. ट्रक सह-चालक जि.सिन्धुपाल्चोक बाह्रबिसे न.पा.राम्चे बस्ने बर्ष २१ को राजन सुबेदी गम्भिर ।
२२.ट्रक चालक-जि.सिन्धुपाल्चोक भोटेकोसी गा.पा.५ बस्ने बर्ष २६ को सुवास कार्की सामान्य,डिस्चार्च भई जिप्रकाको नियन्त्रणमा ।