काठमाडौं । निलम्बित न्यायाधीश भुवन गिरी बलात्कार मुद्दामा दोषी ठहर भएका छन् । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले आज यो फैसला गरेको हो।
Advertisement
जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश छँदा गिरीमाथि यो अभियोग लागेको थियो। त्यही अभियोगका कारण उनी न्यायाधीश पदबाट निलम्बित थिए।
सम्बन्ध विच्छेद भइसकेपछि पनि उनले पूर्वश्रीमतीकहाँ गई जबरजस्ती शारीरिक सम्बन्ध राखेको अभियोगमा उनी दोषी ठहर भएका हुन्।
सजाय निर्धारणका लागि भने अर्को सुनुवाइ हुनेछ। यसका लागि जेठ २८ गते पेसी तोकिएको सर्वोच्च स्रोतले जनाएको छ ।
न्यायाधीश गिरी सर्वोच्च अदालतको आदेशले हाल थुनामै छन्।