वीरेन्द्रनगर । कर्णाली प्रदेशमा छ वामपन्थी पार्टीसम्बद्ध किसान सङ्गठनसम्बद्ध संयुक्त किसान सङ्घर्ष समिति गठन गरिएको छ ।
Advertisement
सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरमा २०८१ जेठ १२ गते शनिबार सम्पन्न संयुक्त भेलाद्वारा सो समिति गठन गरिएको हो ।
भेलाले दुर्गाप्रसाद जैसीको संयोजकत्वमा २५ सदस्यीय कर्णाली प्रदेश संयुक्त किसान सङ्घर्ष समिति गठन गरेको छ ।
दुर्गाप्रसाद जैसीको अध्यक्षता तथा नहेन्द्र खड्काको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मीसहित छओटै किसान सङ्गठनका नेताहरूले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रमको स्वागत मनतव्य प्रेमा अधिकारीले राख्नुभएको थियो ।