• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

दल विभाजन र संवैधानिक परिषद्सम्बन्धी दुवै अध्यादेश असान्दर्भिक, फिर्ता लिन मसालको माग


  •   सोमबार, बैशाख ०८, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले देशका सबै राजनीतिक शक्तिहरु एकतावद्ध भएर कोरोना भाइरसविरुद्ध लड्नुपर्ने अवस्थामा सरकारले दल विभाजन तथा संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएर विभाजनलाई प्रोत्साहन गरेको आरोप लगाएको छ ।

    Advertisement

    सरकारले दल विभाजनलाई सहज बनाउने अध्यादेश ल्याउनुको पछाडी नेकपालाई नै विभाजन गर्ने वा अन्य दलमा फुट पार्ने षडयन्त्र भएको भन्दै मसालले अहिलेको अध्यादेशले प्रजातान्त्रिक प्रणालीमाथि नै कुठाराघात गरेको ठहर गरेको छ ।

    यस्तै, संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले दुईजना मात्र संवैधानिक परिषद्का सदस्यहरूलाई सबै महत्त्वपूर्ण विषयहरूमा निर्णय गर्ने अधिकार प्रदान गरेकाले त्यो सरकारको एकाधिकारवादी प्रवृत्ति भएको मसालले उल्लेख गरेको छ ।
    महामन्त्री मोहनविक्रम सिंहले सोमबार प्रेसित गर्नुभएको वक्तव्यमा ती दुवै अध्यादेश फिर्ता लिन माग गर्नुभएको छ ।

    यस्तो छ, वक्तव्यः
    मन्त्रिमण्डलको सिफारिसमा राष्ट्रिपतिद्वारा जारी गरिएका दल विभाजन तथा संवैधानिक परिषद्सम्बन्धी दुवै अध्यादेशहरूलाई नेकपा ९मसाल०ले गलत ठान्दछ र तिनीहरूको विरोध गर्दछ । दल विभाजनसम्बन्धी अध्यादेशले सरकारमा गम्भीर प्रकारको वेमेल भएको कुरालाई बताउँछ र त्यसले राजनीतिक दलहरूमा फुटलाई प्रोत्साहित गर्नेछ ।

    कुनै राजनीतिक दलको केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत सङ्ख्या पुगेपछि मात्र विभाजनलाई बैधानिकता दिन सकिने प्रकारको व्यवस्था नेपालमा लामो समयदेखि अभ्यास गरिंदै आएको छ र त्यो प्रजातान्त्रिक प्रणाली पनि हो । अहिलेको अध्यादेशले त्यो प्रजातान्त्रिक प्रणालीमाथि कुठाराघात गरेको छ ।

    ती अध्यादेशहरूलाई अकस्मात, त्यो पनि संसदमा नलगिकन पारित गराउनुपर्ने आवश्यकता किन पर्‍यो ? त्यसले गम्भीर प्रकारको षडयन्त्रको शंका उठाउँछ । या त त्यसका पछाडि स्वयं नेकपा (नेकपा)लाई नै विभाजन गर्ने उद्देश्यले काम गरेको छ या त्यसका पछाडि अन्य राजनीतिक दलहरूमा विभाजन ल्याउने उद्देश्यले काम गरेको छ । त्यसका साथै उक्त अध्यादेशहरूका पछाडि सम्पूर्ण लोकतान्त्रिक प्रणालीमाथि नै कुठाराघात गर्ने योजनाले ता काम गरेको छैन ? अहिले अकस्मात, अस्वभाविक र असान्दर्भिक प्रकारले त्यसप्रकारका अध्यादेशहरू आएको वास्तविकतामाथि विचार गर्दा त्यसप्रकारको प्रश्न उठाउनका लागि पनि ठाउँ छ ।

    उक्त कुराहरू जे भएपनि अहिलेको स्थितिमा, खास गरेर कोरोना भाइरसले पैदा गरेको संकटको अवस्थामा, त्यसप्रकारका अध्यादेश ल्याउनु गलत मात्र छैन, त्यो असान्दर्भिक पनि छ ।

    संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पनि गलत र अप्रजातान्त्रिक छ । त्यसले दुईजना मात्र संविधान परिषद्का सदस्यहरूलाई सबै महत्त्वपूर्ण विषयहरूमा निर्णय गर्ने अधिकार प्रदान गर्दछ । त्यसप्रकारको अध्यादेशले सरकारको एकाधिकारवादी प्रवृत्तिलाई नै बताउँछ ।

    अहिले सम्पूर्ण विश्वमा कोरोना भाइरसको संकट देखापरेको र नेपाल पनि त्यसको मुखमा उभिएको अवस्थामा देशमा व्यापक राजनीतिक एकता र स्थिरताको आवश्यकता छ । खाली सरकार र सत्तापक्षमा मात्र होइन, प्रतिपक्षमा रहेका दलहरूसित समेत व्यापक एकता कायम गरेर कोरोना भाइरसको संकटको सामना गर्न सकिने छ र त्यो अहिलेको राष्ट्रिय आवश्यकता पनि हो । तर अहिले राष्ट्रपतिद्वारा जारी गरिएको दल विभाजनसम्बन्धी अध्यादेशले देशमा व्यापक राजनीतिक एकता कायम गर्ने त धेरै टाढाको कुरा भयो, स्वयं सरकारमा भएको नेकपामा पनि विभाजनको स्थिति पैदा गर्ने संकेत देखापरेको छ ।

    सरकारको त्यसप्रकारको नीतिका कारणले नेकपाले ता कडा मूल्य चुकाउनु पर्ने नै छ, त्यसका साथै ओली सरकारले अगाडि ल्याएको अध्यादेशका कारणले सम्पूर्ण देशले पनि ठूलो मूल्य चुकाउनु पर्नेछ । यसप्रकारको स्थितिले प्रतिगामी शक्तिहरूलाई पनि एक वा अर्को प्रकारले अगाडि आउन बाटो खोल्यो भने त्यो आश्चर्यको कुरा हुने छैन ।

    उपरोक्त प्रकारको पृष्ठभूमिमा एकातिर, सरकार र प्रतिपक्षका दलहरूमा समेत व्यापक एकता कायम गरेर कोरोना भाइरसको सामना गर्न र, अर्कातिर, देशमा कायम भएको लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि सन्तुलित र ठोस पहलकदमी गर्न नेकपा (मसाल)ले सरकारको ध्यान आकर्षित गर्न चाहन्छ ।

    अन्तमा हामीले सरकारसँग उक्त दुवै अध्यादेशहरूलाई तुरुन्त फिर्ता गर्नका लागि माग गर्दछौँ ।

    सोमबार, बैशाख ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.