काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले शुक्रवार काठमाडौं केन्द्रित बिरोध प्रदर्शन गर्ने भएको छ ।
बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकले सो निर्णय गरेको कांग्रेस नेता नैनसिंह महरले बताए ।
उनले शुक्रवार कांगेसको नेतृत्वमा काठमाडौं केन्द्रित संघर्ष गर्ने र सहकारीको विषयमा पीडित केन्द्रित आन्दोलन गर्ने निर्णय भएको बताए ।
उनले भने, ‘शुक्रवार कांग्रेसको नेतृत्वमा काठमाडौं केन्द्रित संघर्ष गर्ने र सहकारीको विषयमा जुन जुन जिल्लामा सहकारी पीडितहरु बढी छन्, त्यो जिल्लामा इन्क्वायरी गर्ने र त्योअनुसार संघर्षको कार्यक्रम गर्ने । पार्टीलाई तल्लो स्तरसम्म लैजान राम्रोसँग काम गर्ने र केही कार्यक्रम बनाउने ।’
उनले पार्टीलाई स्थानीय स्तरसम्म लैजान विभिन्न कार्यक्रमहरु गर्ने निर्णय भएको बताए ।
उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि कांग्रेसको नेतृत्व गर्नेहरुबाट पार्टीलाई ठिक ठाउँमा पु¥याउन नसकेको जिकिर गरे। उनले कांग्रेसले आशातित रुपमा काम गर्न नसकिरहेको पनि बताए ।