तौलिहवा । राष्ट्रिय जनमोर्चा कपिलवस्तुका पूर्वजिल्ला सदस्य हुमबहादुर खत्रीको निधन भएको छ ।
लामो समयदेखि मिर्गौला र मधुमेह रोगबाट ग्रसित खत्रीको पछिल्लो समय दुवै मिर्गौला फेल भएपछि उहाँकी श्रीमती गंगादेवी खत्रीको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
अर्घाखाँचीको भूमिकास्थान नगरपाकिला–८ मा पिता रेशम बहादुर खत्री र माता कमलादेवी खत्रीको कोखबाट २०१६ सालमा जन्मेका खत्री २०५६ सालदेखि कपिलवस्तुको मोतिपुरमा बसाई सराई गरि बसोबास गर्दै आउनु भएको थियो ।
खत्री राष्ट्रिय जनमोर्चाले चलायको भिभिन्न आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै सदैव आन्दोलनको अग्रपंक्तिमा हुनुहुन्थ्यो ।
खत्रीको पार्थिव शरीरमा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष रामप्रसाद बेल्वासेले झण्डा ओढाएर श्रद्धान्जली व्यक्त गर्नुभयो । त्यसक्रममा उहाँले खत्रीको निधनले कम्युनिस्ट आन्दोलनमा अतुलनीय क्षति भएको बताउनु भयो ।
नेता खत्री लामो समयदेखि राष्ट्रिय जनमोर्चाको जिल्ला तहमा साथै अन्य भिभिन्न मोर्चामा कार्यरत हुनुहुन्थ्यो।
उहाँका दुई छोरा एक छोरी हुनुहुन्छ।