• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

चन्डिगढमा मूल प्रवाहको विस्तारित भेला सम्पन्न


  •   सोमबार, जेठ ०७, २०८१ मा प्रकाशित
  • खिमराज चालिसे, चन्डिगढ ।

    Advertisement

    भारतको चन्डिगढमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित भेला सम्पन्न भएको छ ।

    चन्डिगढ र डेराबसी नगर समितिको संयुक्त आयोजनामा मे १९, २०२४ का दिन उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    “प्रवासी नेपालीको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि सङ्घर्ष गरौँ, भारतस्थित नेपालीको हकहित र सामाजिक सुरक्षाका लागि सङ्गठित बनौँ” मूल नाराका साथ दुई चरणमा भारतव्यापी सम्पन्न हुने नगर सम्मेलन अभियानअन्तर्गत उक्त कार्यक्रम भएको आयोजक सङ्गठनले जनाएको छ ।

    विस्तारित बैठकको उद्घाटन केन्द्रीय सचिवालय सदस्य धनवीर पुनमगरले करतल ध्वनिमाझ ब्यानर खोलेर गर्नुभएको थियो ।

    सो अवसरमा मन्तव्य राख्दै उहाँले नगर सम्मेलन अभियान नयाँ कार्यकर्ता भित्राउने अभियान भएको दाबी गर्नुभयो ।

    उहाँले थप्नुभयो– ‘एकता समाजले सम्पूर्ण अन्याय र पीडाको समाधान सामूहिक सङ्घर्ष हो भन्ने दृष्टान्त प्रस्तुत गरेको छ ।’

    इन्डस्ट्रियल एरियाबाट थानेश्वर पाण्डे, सिटीबाट प्रेम गुरुङ, मध्यसिटीबाट लक्ष्मण पाण्डे, मोहालीबाट लीला विक, पञ्चकुलाबाट सुरेश आचार्य र डेराबसीबाट काजीमान राईको रिपोर्टिङपछि आयोजक समितिका प्रस्तावहरू केन्द्रीय सदस्य खिमराज चालिसेले प्रस्तुत गर्नुभएको थियो ।

    छलफलपश्चात् हाउसले मानबहादुर केसीको संयोजकत्वमा सात सदस्यीय व्यवस्थापन समिति, तेजबहादुर रोकाको संयोजकत्वमा एक सय २५ सदस्यीय सम्मेलन प्रचार प्रसार समिति, किसन खनालको संयोजकत्वमा पाँच सदस्यीय आर्थिक समिति, बिनु नेपालीको संयोजकत्वमा सात सदस्यीय कलाकार व्यवस्थापन समिति, प्रेम गुरुङको संयोजकत्वमा ११ सदस्यीय स्वयम्सेवक समिति र विष्णु बेल्बासेको संयोजकत्वमा पाँच सदस्यीय मेस समिति बनाउने निर्णय गरेको थियो ।

    कार्यक्रममा केन्द्रीय सदस्य तिलक पौड्याल, केन्द्रीय सल्लाहकार प्रेम आचार्य, अखिल भारत नेपाली विद्यार्थी सङ्घका अध्यक्ष माधव पोख्रेल, मूल प्रवाहका क्षेत्रीय सदस्य जुना चालिसे, महिला क्षेत्रीय सदस्य सीमा खडका, जनजाति विभागका थमन थापा, समता विभागका दुर्गा विक, सांस्कृतिक विभागका लीला विकलगायतले मन्तव्य राख्नुभएको थियो ।

    लक्ष्मी अधिकारीले कविता वाचन गर्नुभएको उक्त कार्यक्रम तेजबहादुर रोकाको सञ्चालन, मानबहादुर केसीको अध्यक्षता तथा श्याम धिमाल र कलाकारको स्वागत मन्तव्यसँगै सम्पन्न भएको थियो ।

    सोमबार, जेठ ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.