दाङ । छुवाछूत उन्मूलन दिवसको अवसरमा दाङमा आगामी जेठ २१ गते अन्तरक्रिया हुने भएको छ ।
Advertisement
जातीय समता समाज दाङ जिल्ला समितिको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो ।
समाज दाङ जिल्ला सचिव वलदेव विश्वकर्माले २०८१ जेठ ४ गते शुक्रबार जारी गर्नुभएको प्रेसविज्ञप्तिमा सो जानकारी दिइएको छ ।
आजै घोराहीमा बसेको जिल्ला समितिको बैठकले सो निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
सो दिन जिल्ला भेलासमेत गर्ने भनिएको उक्त कार्यक्रममा सम्पूर्ण दलित सङ्गठनका प्रतिनिधिलाई निमन्त्रण गरिसकिएको बताइएको छ ।
त्यसैगरी, पछिल्लो समयमा मिटरब्याज, छिनुवापास जस्ता लेनदेनका घटनामा दलित समुदायसमेत पीडित भएकोमा उनीहरूको पक्षमा उभिने निर्णय भएको पनि विज्ञप्तिमा उल्लेख छ ।