• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

ऋषिराम लामिछानेको स्मरणमा केही शब्द


  •   शुक्रबार, जेठ ०४, २०८१ मा प्रकाशित
  • नवीन बस्याल ##

    Advertisement

    २००१ भदौ २७ गते कास्की ताक्राङमा बुबा दण्डपाणि लामिछाने र आमा मनकुमारी लामिछानेको कोखबाट जन्मिनुभएका ऋषिराम लामिछाने दशकौँदेखि बाँकेको कोहलपुर नगरपालिका वडा नं. १ कौशिलानगरमा बस्दै आउनुभएको थियो । उहाँ कोहलपुरका स्थापित व्यवसायी र उनीहरूका अभिभावक पनि हुनुहुन्थ्यो ।

    सरल स्वभाव र शालीनता उहाँको बयान नै गर्न नसकिने व्यक्तित्व हो । रेडियो, घडी, टिभी मर्मतको कामबाट स्थापित सिङ्गो कोहलपुरका जनताको विश्वास जित्न सफल हुनुभएको थियो । उहाँको परिवारमा पत्नी लीलामाया लामिछाने, छोराहरू परशुराम लामिछाने, शङ्कर लामिछाने र शरद लामिछाने हुनुहुन्छ भने बुहारीहरू राधिका लामिछाने, दुर्गा शर्मा लामिछाने, शर्मिला शाह लामिछाने हुनुहुन्छ । उहाँको दुई बहिनी छोरी तथा नातिहरू ज्वाला लामिछाने, जुलेश लामिछाने, जिना लामिछाने, सागर लामिछाने, सौरभ लामिछाने, मिराज लामिछाने, आस्था लामिछानेलगायतको परिवार छ ।

    कोहलपुरमा ज्वाला इलेक्ट्रोनिक हाउसलगायत अन्य व्यवसायमा स्थापित व्यक्तिको नाम थियो ऋषिराम लामिछाने । उहाँको परिवारले कपडा व्यवसाय पनि गरिरहेको छ । अहिले यो सबै व्यवसायीको जिम्मा जेठा छोरा परशुराम लामिछाने र कान्छो छोरा सरद लामिछाने अनि बुहारी शर्मिला लामिछाने र नाति ज्वाला लामिछानेलगायत परिवारको जिम्मामा चलिरहेको छ ।

    स्मृतिशेष ऋषिराम व्यावसायिक रूपमा मात्र नभएर देश, जनता, राष्ट्र, राष्ट्रियताको रूपमा पनि विभिन्न आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो । उहाँको सिङ्गो परिवार नै नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा, रक्तिम सांस्कृतिक अभियानका विभिन्न क्षेत्रमा जिम्मा लिएर काम गरिरहेको पाउन सकिन्छ । उहाँ कोहलपुरका राष्ट्रिय जनमोर्चाको पुरानो पाका नेता पनि हुनुहुन्थ्यो । उहाँले विभिन्न प्रजातान्त्रिक आन्दोलन, सङ्घीयताको विरोधको आन्दोलन, राष्ट्रियता रक्षाको आन्दोलन वा सबै प्रकारका न्यायपूर्ण आन्दालनमा सहभागिता जनाउनुभएको थियो । त्यसैले पनि स्मृतिशेष ऋषिरामको योगदान अतुलनीय देखिन्छ ।

    ऋषिरामको ८१ वर्षको उमेरमा दुःखद निधन हुन पुग्यो । विभिन्न रोगको सामना गर्दै यहाँसम्मको जीवनयापन गर्न सफल उहाँको अहिले निधन भएको छ । २०८१ वैशाख २८ गतेका राती कान्छा छोरा शरदसँगै खानपिन गरेर सुतेका ऋषिराम राति केही भन्न खोजे जस्तो गरेर हातले कोट्याएको उहाँकी पत्नी लीलामाया बताउनु हुन्छ । पत्नी लीलामया निद्राबाट ब्युझिँदा उहाँको मुखबाट रगत र फिज आएको जस्तो देखिएपछि छोरा शरदलाई बोलाउँदा ऋषिरामको श्वास बन्द थियो ।

    मानव जीवनमा मृत्यु सत्य छ तर एक्कासि बिहानै छरपस्ट श्रद्धाञ्जलीको सञ्जालभरि भावना देखेर भावुक भएको थिएँ म । लामिछाने परिवारसँगको पारिवारिक सम्बन्ध निकै गहिरो थियो ।

    मानव जीवनमा जन्मपछिको मृत्यु सत्य हो तर कतिपय व्यक्तिको मृत्यु सामान्य नहुँदो रहेछ । सामाजिक दायित्व वा भूमिका उच्च भएका मानिसको मृत्यु धेरैको लागि ठुलो क्षति बन्दो रहेछ । अब ऋषिराम लामिछाने सम्झनामा मात्र हुनुहुन्छ । सम्झना सधैँ सधैँ जीवित रहने छ ।

    वैशाख २८ गते निधन भएको उहाँको अन्तिम बिदाइ अर्थात् दाहसंस्कार वैशाख २९ गते अघैयाघाटमा गरिएको थियो । उहाँलाई राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक सङ्घका अध्यक्ष कृष्णराज पाण्डेले पार्टीको झण्डा ओढाएपछि दासंस्कार भएको हो ।

    स्मृतिशेष ऋषिरामको निधनले सिङ्गो परिवार र छिमेकी कोहलपुरवासीलाई मात्र होइन, सिङ्गो पार्टी राष्ट्रिय जनमोर्चा र जनतान्त्रिक आन्दोलनले ठुलो क्षति व्यहोर्नुपरेको छ । ऋषिराम लामिछानेप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु ।

    शुक्रबार, जेठ ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने
    के गुमाएँ मैले ?

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.