काठमाडौं । सुनसरीमा प्रहरीले गोली हानेर दुईजना लागुऔषध कारोबारी पक्राउ गरेको छ ।
बिहीबार साँझ रामधुनी नगरपालिका–६ इचौलमा लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली चलाएको हो ।
त्यसक्रममा दुईजनालाई नियन्त्रणमा लिइएको ब्यूरोका प्रमुख एसएसपी गोबिन्द थपलियाले बताए । प्रहरीले उनीहरुको साथबाट २१०.७ ग्राम खैरो हेरोइन बरामद गरेको छ ।
प्रहरीको गोली लागेर लागुऔषध कारोबारमा संलग्न श्यामसुन्दर खान मण्डल घाइते भएका छन्। उनको दायाँ खुट्टामा १ राउण्ड गोली लागेको र अहिले् उपचारका लागि स्थानीय अस्पताल पठाएको एसएसपी थपलियाले बताए।
मण्डलसँगै रहेका श्यामप्रसाद निरौलालाई पनि प्रहरीले पक्राउ गरेको छ। निरौला इटहरी नगरपालिका ५ का र मण्डल सप्तकोसी नगरपालिका ५ का हुन्।
उनीहरुसँग लागुऔषध रहेको सूचनापछि पक्राउ गर्न गएको प्रहरी टोलीलाई रड प्रहार गर्न खोजेपछि गोली चलाउनु परेको थपलियाको भनाई छ।