• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

थानकोट उद्यानमै थन्किए घर फर्कनेहरु

  •   सोमबार, बैशाख ०८, २०७७ मा प्रकाशित
  • विक्रम गिरी

    Advertisement

    काठमाडौं । दुई दिनदेखि कैलाली भजनीकी शोभादेवी चौधरी थानकोटस्थित त्रिभुवन उद्यानमा थन्किनुभएको छ । उहाँको मन उकुसमुकुस भएको छ । चौधरीको मन भतभती पोलिरहेको छ । उहाँकी छोरी घरमा सिकिस्त बिरामी हुनुहुन्छ । त्यसैले उहाँलाई घर नपुगी भएको छैन । पाँच महिनादेखि चौधरी काठमाडौँमा ज्यामी काम गर्दै आउनुभएको थियो ।

    शनिबार राति छोरी बिरामी भइन्, के गर्ने भनेर उहाँलाई घरबाट फोन आएको थियो । उहाँका श्रीमान् पनि यतै हुनुहुन्छ । ‘घरमा सासूससुरा मात्रै हुनुहुन्छ’, आइतबार थानकोट उद्यानमा भेटिनुभएकी चौधरीले भन्नुभयो, ‘घर पुग्नै पर्ने भएको छ, छोरीलाई अस्पताल लैजान सक्ने घरमा कोही हुनुहुन्न ।’ काठमाडौँको टोखास्थित घर निर्माणको काम गर्दै आएको चौधरीसहितको १२ जनाको समूह पैदल नै घर फर्कन निस्केको थियो । थानकोट पुगेपछि उनीहरुले घर फर्कनेका लागि बसको व्यवस्था गरेको छ भन्ने जानकारी पाए । उनीहरु उद्यानको प्रवेशद्वारमा खटिएको प्रहरीलाई आ–आफ्नो नाम टिपाएर भित्र प्रवेश गरे ।

    ‘ठेकेदारले अहिले ज्याला दिन सकिँदैन भन्नुभएको छ, हामीसित भएको पैसो सकियो’, कैलाली भजनीकै गीता डगौराले भन्नुभयो, ‘पैदलै भए पनि घर फर्कन्छौँ ।’ उहाँ तीन वर्षको छोरीसहित पैदल नै घर जान निस्किनुभएको छ । भजनीको चौधरी र डगौराको समूह दैनिक रु ६०० ज्यालादारीमा काम गर्दैआएको थियो । ‘भएको पैसो पहिल्यै घर पठायौँ, अहिले यस्तो अवस्था आउला भन्ने थाहै भएन’, डगौरा समूहकी सपनाले भन्नुभयो ।

    बाग्लुङको काठेखोला धम्जाका ढकबहादुर श्रीष ११ वर्षीय छोरोसहित नागढुङ्गातर्फ जान खोज्दै हुनुहुन्थ्यो । काठमाडौँमा मजदुरी गर्दै आउनुभएका उहाँलाई बसमा जान पाउने विश्वासै लागेन । उहाँको पैदल नै घर फर्कने इच्छा थियो । त्यहाँ तैनाथ सुरक्षाकर्मीले भने दिएनन् । बाबु–छोरालाई प्रहरीले थानकोट उद्यानभित्र पठायो । महानगरीय प्रहरी वृत्तका अनुसार आइतबार साँझसम्म थानकोट उद्यानभित्र झण्डै ३०० जनालाई प्रवेश गराइएको छ । घर जान हिँडेका उनीहरु उद्यानमै थन्किएका छन् । यसरी थन्किनेमा महिला तथा बालबालिकासमेत छन् । उनीहरुलाई प्रहरीले रोकेर राखेको छ ।

    पैदल नै घर फर्कनेहरुलाई प्रहरीले कलङ्की–थानकोट सडकखण्डमा ठाउँठाउँमा रोक्ने गरेको छ । यसरी पैदल घर फर्कनेहरु कतिपय त्रिभुवन उद्यानमा प्रहरीलाई नाम ठेगाना टिपाएर भित्र पसिरहेका छन् । दुई दिनदेखि यो क्रम जारी छ । उद्यानभित्र थन्किएकाहरु बस चढेर घर फर्कन पाउने नपाउने टुङ्गो भने छैन । शनिबार राति सात वटा बसमा अलपत्र परेकाहरुलाई घर पठाइएको थियो । काठमाडौँमा डेरा गरी बस्नेहरु पनि ‘घरबेटीले घर भाडा माग्यो’ भनेर बहाना बनाउँदै थानकोट आउन थालेका छन् ।

    पैदल नै घर फर्किरहेका झण्डै ३०० लाई सांसद अञ्जना विशङ्खे र वाग्मती प्रदेशसभा सदस्य रमा आलेमगरले उद्धार गरी बसमा घर पठाउनुभएको थियो । यसरी पठाएको खबर फैलिएपछि अहिले बस चढेर जान चाहनेहरुको कलङ्की–थानकोट सडकभरि लर्को लाग्न थालेको छ । काठमाडौँमा डेरा गरी बस्नेहरु झिटिगुन्टा बोकी थानकोट उद्यानमा आउन थालेका छन् । उनीहरुलाई घर पठाउन हम्मेहम्मे परेपछि आइतबारदेखि बस चढाउने काम बन्द गरिएको छ ।

    ‘काठमाडौँ बाहिरका टाढादेखि पैदल हिँडेर आएका अलपत्र परेकालाई उद्धार गर्न खोजेका हौँ, अहिले त यहीँ वरपर डेरा गरी बस्ने सबै आउन थालेका छन्’, थानकोट उद्यानभित्र भेटिनुभएकी सांसद विशङ्खेले भन्नुभयो, ‘अब यहीँ उद्यानभित्र क्वारेन्टाइनमा राख्छौँ, घर पठाउन सकिँदैन ।’ यहीँ वरपर बस्नेलाई डेरामै फर्काउन थालिएको उहाँले बताउनुभयो ।

    उद्यानभित्र सबैको स्वास्थ्य परीक्षण गरी राख्ने गरिएको छ । चन्द्रागिरि नगरपालिका, बलम्बुले त्यहाँ स्वास्थ्य सहायता कक्ष स्थापना गरी सेवा प्रदान गर्दै आएको छ । त्यहाँ खाने बस्नेसमेत व्यवस्था मिलाइएको छ । ‘उद्यानभित्र आउने हरेक व्यक्तिको स्वास्थ्य परीक्षण अनिवार्यरूपमा गर्ने गरेका छौँ’, स्वास्थ्य परीक्षणमा संलग्न नर्स कल्पना पाण्डेयले भन्नुभयो, ‘ज्वरो आए नआएको जाँच्ने हो, अहिलेसम्म कसैलाई पनि त्यस्तो समस्या देखिएन ।’ आइतबार साँझसम्म २६८ जनाको स्वास्थ्य परीक्षण गरिएको उहाँले जानकारी दिनुभयो ।

    दुई दिनदेखि कैलाली भजनीकी शोभादेवी चौधरी थानकोटस्थित त्रिभुवन उद्यानमा थन्किनुभएको छ । उहाँको मन उकुसमुकुस भएको छ । चौधरीको मन भतभती पोलिरहेको छ । उहाँकी छोरी घरमा सिकिस्त बिरामी हुनुहुन्छ । त्यसैले उहाँलाई घर नपुगी भएको छैन । पाँच महिनादेखि चौधरी काठमाडौँमा ज्यामी काम गर्दै आउनुभएको थियो ।

    सोमबार, बैशाख ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ४.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ५.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ६.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ७.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ८.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.