काठमाडौँ । बागलुङको जैमिनी नगरपालिकामा अखिल नेपाल महिला सङ्घको प्रशिक्षण भेला सम्पन्न भएको छ ।
महिला सङ्घकी जिल्ला अध्यक्ष लक्ष्मी बास्कोटाको उपस्थितिमा २०८१ जेठ २ गते ऊक्त कार्यत्रम सम्पन्न भएको हो ।
भेलामा राष्ट्रिय जनमोर्चा जैमिनी नगर समितिकी सदस्य विष्णुकली दर्जी र जैमिनी नगर कार्यपालिकाकी सदस्य शान्ति सुनुवारले पनि मन्तव्य राख्नुभएको थियो ।
भेलाले विष्णुकली दर्जी अध्यक्ष रहनुभएको ११ सदस्यीय महिला सङ्घको नगर समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा नन्दा शर्मा, सचिवमा सीता सप्लाङ्गी, सहसचिवमा माया बोहरा र कोषाध्यक्षमा डिलमाया थापा रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा माया सापकोटा, शान्ति सुनार, लीला शर्मा, बालकुमारी थापा र सीता विक रहनुभएको छ भने सदस्यको एक स्थान रिक्त राखिएको छ ।
भेलाले शान्तकला शर्मा, कोपिला थापा र पवित्रा थापालाई सल्लाहकारमा चयन गरेको छ ।
भेला सङ्गिता नेपालीको सञ्चालन नन्दा शर्माको स्वागत र शान्तकला शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।