काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कार्यालयमा कार्यरत उपसचिव रुपेशकुमार साहविरुद्ध बलात्कार मुद्दा दर्ता भएको छ । मुद्दा दर्ता भएपछि साह फरार छन् ।
Advertisement
उपसचिव साहविरुद्ध एक महिलाले गत माघ १८ गते श्रीमान नभएको बेलामा पहिलो पटक बलात्कार गरेको भन्दै गत २०८० चैत ३० गते उजुरी दिएको खुलासा भएको छ । उनको उजुरी वैशाख ३ गते दर्ता भएको थियो ।
नशालु पदार्थ खुवाएर आफूलाई जबरजस्ती करणी गरेको पीडित महिलाले जाहेरीमा उल्लेख गरेकी छिन्।
सिरहाको बरियारपटी गाउँपालिका–४ तेनुवापट्टीका साह मधेस प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्मा करिब ५ वर्षदेखि कार्यरत छन्।
बलात्कार मुद्दा दर्ता भएलगत्तै फरार भएका उनी अहिले पनि कार्यालय आउजाउ गरेका छैनन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक दीपेन्द्र खरेलका अनुसार, यो घटनामा अनुसन्धान भइरहेको छ।