काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार चिरञ्जिवी नेपालले राजीनामा दिएका छन् ।
सरकारले सय रुपैयाँको नोटमा अद्यावधिक नक्सा राख्ने निर्णय गरेकोमा नेपालले असन्तुष्टि जाहेर गरेका थिए। उनको अभिव्यक्तिको चौतर्फी विरोध भएपछि नेपालले राजीनामा दिएका हुन् ।
राष्ट्रपति कार्यालयले आइतबार एक विज्ञप्ति जारी गर्दै नेपालको राजीनामा स्वीकृत भएको जानकारी गराएको छ। उक्त राजीनामा आइतबारबाट लागू हुने गरी स्वीकृत गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
उनको अभिव्यक्ति विवादमा परेपछि उनलाई राष्ट्रपति पौडेलले पनि सोधपुछ गरेका थिए। आफ्नो अभिव्यक्ति विवादमा परेपछि नेपालले राजीनामा दिएका ह्ुन् ।
विभिन्न राजनीतिक दल तथा नागरिक समाजबाट उनको अभिव्यक्ति मर्यादाहीन भन्दै बर्खास्तगीको माग भएको थियो।
उनी नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर पनि हुन्। नेपाली कांग्रेस सरकारमा हुँदा उनी विभिन्न समयमा मन्त्रीका सल्लाहकार पनि भएका थिए।
